बुलुतुथबाट मन साट्ने

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७३, मंगलवार

एउटा मोबाइलमा भएको गीत, भिडियो, फोटो आदि अर्काे मोबाइलमा हाल्न वा साट्न बुलुतुथको प्रयोग गरिन्छ । तर अब बुलुतुथबाट माया पनि साट्न मिल्ने भएको छ । मात्र दिलको बुलुतुथ अन गरे हुन्छ । माया साट्ने क्रममा गायक रामजी खाँड र गायिका यमुना खड्का शिलाले पनि एक अर्कालाई दिलको बुलुतुथ अन गर भनि आग्रह गरिरहेका छन् । शिव दर्शन डिजिटल प्रा. लि.ले उत्पादन तथा बजार व्यवस्थापन गरेको ‘दिलको बुलुतुथ’ बोलको गीतमा गायक खाँड र गायिका यमुनाको स्वरमा उक्त आग्रह सुन्न पाइन्छ ।

bluetooth

काजी मगरको शब्द रहेको उक्त गीतमा भगत विरहीको संगीत रहेको छ । यस गीतको म्यूजिक भिडियोमा भने रिचा थापा र विजय थापाको अभिनय रहेको छ । हरिस् महराको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई स्वयम् अभिनेता विजय थापालेनै निर्देशन गरेका हुन् । प्रविन रेशमी मगरको सम्पादन रहेको यस गीतको कार्यकारी प्रमुख भने गायत्री थापा हुन् । उक्त गीतको म्यूजिक भिडियोको दृश्य निर्माण उत्पादक तथा बितरक शिव दर्शन डिजिटल प्रा. लि.ले गरेको हो ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु