‘बुलु’ मुकारुङहरुको मूल खम्बा हो !

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७१, मंगलवार

काठमाडौं । वरिष्ठ संगीतकार बुलु मुकारुङले राजधानीमा भएको एक कार्यक्रममा बोल्दै भने बुलु मुकारुङ भनेको मुकारुङहरुको मूल खम्बा हो भन्ने गरेका छन् । बुलुपछि बल्ल श्रवण मुकारुङ, भीषण मुकारुङ, पारस मुकारुङ, आभा मुकारुङ लगायतको नाम आउने गरेको भनेर सबैले भन्ने गर्छन् । तर म आफैं भने के हुँ भनेर आफैंले भन्न सकेको छैन, संगीतकार मुकारुङले भने ।
उक्त कार्यक्रममा निकै हाँसो र ठट्टा गर्दै मुकारुङले आफू पछाडि बसेर कार्यक्रमको अतिथि नबन्ने गरेकै भएर संगीतकार महेश खड्का र गीतकार विपिन किरणले ठाउँ छोडिदिएर बस्न पाएको भन्दै उपस्थित भएका संगीतकर्मीको बीचमा हाँसोको फोहोरा पनि छुटाएका थिए । मुकारुङले ठट्टाकै क्रममा डा.कृष्णहरि बराल प्रमुख अतिथि भएको भएर मात्रै आएकोसमेत बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु