बेनुले ल्याइन् चोखो माया

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७०, आईतवार

काठमाडौं, १४ पुस । गायिका बेनु राउतले आफ्नो पहिलो एल्बम चोखो माया ल्याएकी छन् । पहिलो एल्बमबाट नै आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएपछि यसै क्षेत्रलाई निरन्तरता दिने सोचमा रहेको बताउँछिन् । त्यही निरन्तरताको क्रममा उनले चोखो माया एल्बम लिएर बजारमा आएकी हुन् । हाँसि राख, बोलीराख बोलको गीतले संगीतमा आफूलाई स्थापित गराएको बताउने उनी उनको चोखो माया एल्बममा १६ वर्षे सान्नानी, जवानीको दोष, लैजाउ लैजाऊ, आँखामा पल्लो गाउँको जस्ता ७ वटा गीतहरु समेटिएका छन् । सुवास भुसाल, ओम सुनारको गीत तथा सन्तोष प्रगाढ र सुवास भुसालको संगीत रहेको यस एल्बमको हाँसीराख बोलीराख भिडियोलाई पनि दर्शकले निकै रुचाएका छन् । नयाँलाई यो क्षेत्रमा त्यति प्राथमिकता नदिने र मिडियाले पनि स्थापितहरुलाई नै पनि बढी स्थान दिने हुनाले आफूजस्ता नयाँलाई केही गाह्रो परेको उनको अनुभव छ । विकल्प क्रियशनले बजारमा ल्याएको चोखो माया एल्बम आफ्नो सांगीतिक दौरानको कोसेढुंगा बन्ने बेनु बताउँछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु