बेहुलीझैं सिंगारियो प्रज्ञा भवन, प्रतिष्ठानको महाधिवशन आजबाट सुरु

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७३, शनिबार

काठमाडौं । राजधानीको कमलादीमा रहेको नेपाल प्रज्ञाभवन यतिबेला बेहुलीजस्तै सिंगारिएको छ । करिब ४० हजार सदस्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौं महाधिवेशनबाट आजबाट सुरु हुँदै गर्दा प्रज्ञाभवन पनि बेहुलीजस्तै बन्न पुगेको छ । देशभरका २५ सय प्रतिनिधिहरु काठमाडौंमा भेला भइसकेका छन् भने छैठौं महाधिवेशनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, आर्थिक संयोजन, संचार क्षेत्र र सुरक्षाको सबै बन्दोबस्त मिलाउँदै प्रतिष्ठानका कार्यसमिति पनि तयारी अवस्थामा रहेका छन् । भव्य र सभ्य रुपमा प्रतिष्ठानको महाधिवेशन सम्पन्न गर्न अध्यक्ष चन्द्र शर्माको टोली करिब एक महिनादेखि निरन्तर लागिपरेको छ ।

nepal-academy
देशभरका अधिवेशनहरु सकेर एक महिनाअघिदेखि महाधिवेशनको तयारीमा जुटेको शर्माको नेतृत्वको कार्यसमितिले जिल्ला, उपत्यका समन्वय एवं विभिन्न समन्वय समितिहरुको सहकार्यमा महाधिवेशनलाई पूर्ण सफलताको बाटोमा लैजाने तयारी गरिरहेको छ भने देशभरका प्रतिनिधिहरुलाई राजधानीमा खानेबस्ने व्यवस्थासमेत गर्दै तीनदिनसम्म चल्ने अधिवेशन शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने योजना रहेको छ । यस महाधिवेशनमा शनिबार राजधानीको भृकुटीमण्डवबाट १० बजे सुरु हुने ¥याली बाजागाजासहित भद्रकाली, सहिदगेट, सुन्धारा, जमल, घन्टाघर हुँदै प्रज्ञा भवनमा पुग्नेछ भने १२:३० बजे उपराष्ट्रपति नन्दबहादुर पुनको बाहुलीबाट समुद्घाटन गरिने प्रतिष्ठानका महासचिव रमेश बिजीले म्यूजिक खबरलाई बताए ।

shankar-bc

यस महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने भएको छ । जसमा वरिष्ठ उपाध्यक्ष बद्री पंगेनी, गायक विष्णु खत्री, टिकाराम चपाईंले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् भने वरिष्ठ उपाध्यक्षका लागि तत्कालिन महासचिव एवं संस्थापक सदस्यमध्येका एकमात्र प्रतिनिधि रमेश बिजीले उम्मेदवारी दिएका छन् भने सोही पदका लागि ऋषिलाल श्रेष्ठ र विमलराज क्षेत्रीले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा पशुपति शर्मा र द्वितीय उपाध्यक्षमा रामजी खाँडको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शिरिष देवकोटा र सुवास केसीको उम्मेदवारी परेको छ ।

raju-dhakal
सचिव पदका लागि भने सबैभन्दा धेरैको उम्मेदवारी परेको देखिन्छ । जसमा शंकर बिसी, राजु गुरुङ, खुमन अधिकारी, टीका पुन, नवीन पौडेल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, हुम गैरेलगायतको दर्जनभन्दा ठूलो जम्बो उम्मेदवारी परेको छ ।

सदस्य पदका लागि भने मुना थापा मगर, ईश्वरी भुसाल, राजन ठकुरी, गणेश गुरुङ, शिव हमाल, किरण अधिकारी, कृष्णा आँसु, पूर्णकला बिसी, जानकी तारमी मगर, सम्झना लामिछाने मगर, सावित्री जोशी, अमृता लुंगेली मगर, राजु ढकाल, हरि डाँगी, देवी घर्ती, वसन्त थापा, कुलेन्द्र वि.क. लगायतले उम्मेदवारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु