बोगटीविरुद्ध कलाकार संघ

म्यूजिक खबर
प्रकाशित: २४ आश्विन २०७२, आईतवार

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको सदस्यताको किचलोलाई लिएर यतिबेला अध्यक्षका उम्मेदवारका रुपमा देखिएका रामकेशर बोगटीविरुद्ध कारवाहीको माग गर्दै संघले पत्रकार सम्मेलन गरेको छ । संघभित्र गैरकलाकार सदस्य भएको विवादलाई लिएर यतिबेला उनीविरुद्ध कारवाहीको माग चर्को रुपमा बढिरहेको छ । संघको नयाँ अध्यक्षका लागि तत्कालिन महासचिव बोगटी र लय संग्रौलाको नाम अगाडि आएको छ ।
संघका महासचिव रामकेशर वोगटी लगायत केही सदस्यले यस अघिको चुनावमा गैर कलाकारलाई सदस्यता दिएको भन्दै संघका आजिवन सदस्य संजय खतिवडाले उजुरी दिएपछि विवाद चरम चुलीमा पुगेको थियो । महासचिव वोगटीले गरेको यो बद्नियतपूर्ण कार्यको छानविनका लागि खतिवडाले भाद्र ९ गतै निवेदन दर्ता गराएका थिए ।

aaa

त्यसपछि जिल्ला प्रशासन कार्यालयले भाद्र १५ गते बसुन्धरा भुषाल र मोहन निरौलाको नेतृत्वमा छानविन समिती गठन गरेको थियो । तर, त्यो समितीले छानविनका नाममा आफ्ना कुरा मात्रै पेश गरेको खतिवडाद्धारा विज्ञप्तीमा उल्लेख छ । समितिले पेश गरेको सो उनै बोगटी फेरी हुन लागेको नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मैदान उत्रने भएपछि संघ भित्रका सदस्यहरु आक्रोशित बनेका हुन । उनी अध्यक्षमा निर्वाचित भए संघ विभाजित हुने भन्दै उनका विरुद्धमा लय संग्रौलाले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले आक्रोश पोख्दै बोगटीलाई कुनै पनि हालतमा अध्यक्ष बनाउन नहुने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु