ब्लड संकलन अभियानमा नेपाली

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७३, आईतवार

काठमाडौं । ५ वर्षदेखि राजधानीका ब्लड बैंकमा धाउँदै आएका चर्चित गायक रामजी नेपालीले १ हजार १ सय ११ ‘ब्लड ब्याग’ जम्मा गरेर रक्त संचार केन्द्र र अस्पतालमा हस्तान्तरण गर्ने अभियानमा जुटेका छन् । आफ्नी छोरी काजल नेपाली शरीरले रगत उत्पादन गर्न नसक्ने प्mयाङ्कोनन एनिमिया भन्ने रोगबाट पीडित भएपछि छोरीलाई आवश्यक पर्ने रगत रक्तसंचार केन्द्रबाट अस्पतालसम्म धाउन थालेको ५ वर्ष पुगेको बताउँछन् नेपाली । छोरीको उपचारका क्रममा आफूले भोगेको पीडा कम गर्न नेपालीले अभियान सुरु गरेको उनले बताए ।

ramji-nepali
‘अस्पताल दुःख झल्किने क्षेत्र हो, यदि यहाँ सुख खोज्न तपाईं चाहनुहुन्छ भने संसारको जुनसुकै ठाउँमा भएपनि सानो– सानो सहयोग जुटाएर हातेमालो गरी तपाई आफ्नो सुख ती अस्पतालमा बस्न बाध्य छन्, तिनीहरुको दुःखमा मलम लगाउन सक्नुहुनेछ, मैले यो प्रसंग किन उठाउदै छु भने बिगत ५ बर्षदेखि मैले अस्पतालको समस्या आफ्नै आँखाले देखेर भोग्दै आएको छु कतिले त पैसाका कारण ज्यान गुमाउन बाध्य छन्, मान्छे कि त कालो हुन्छ, कि त गोरो हुन्छ, कि त अग्लो हुन्छ कि त होचो हुन्छ, तर सबैको रगत रातो हुन्छ त्यो रातो रगत पनि कसैको ओ पोजेटिभ त कसैको ओ नेगेटिभ, अनि कसैको ए पोजेटिभ त कसैको बि पोजेटिभ, यस्तै यस्तै रगत लाई एउटा मृत्युको मुखमा पुगेको मान्छेलाई चढाएर पुनर्जीवन दिने काम सबैभन्दा ठुलो धर्म हो जुन धर्म हामीले कुनै मठ मन्दिर, चैत्य गुम्बा, चर्चमा गएर गरेको धर्मभन्दा उपल्लो दर्जाको धर्म हुन्छ, तपाई जुनसुकै ठाउँमा भएपनि रक्तदान गर्ने बानी बसाल्नुस् । आखिरी तपाईको शरीरमा रहेको रगत प्रत्येक ३ महिनामा मरेर जाने हो त्यसैले मरेर जाने रगत अस्पतालमा रगत अभावमा छट्पटाईरहेको बिरामीलाई दिई उसको जीवन बचाउनका लागि उपयोग गरी धर्म कमाउनुहोस्’ उनीद्वारा गरिएको अपीलमा भनिएको छ ।

अपीलमा आप्mनै छोरीको उपचारका लागि रगत जुटाउने क्रममा ‘अब नगरे कहिले गर्ने, हाम्ले नगरे कसले गर्ने’ भन्ने सोच लिएर अभियान सुरु गरेको बताएका छन् । ‘जुनसुकै भेगको किन नहौँ, जुनसुकै धर्म, जाती, भाषा, वर्ग, राजनीतिक आस्था, धनी, गरिब, किन नहौ, सबैलाई रगत चाहिन्छ, रगत बिना हाम्रो जीवन सम्भव छैन त्यहि रगत जब मृत्युशैयामा पुगेको जो कोहीलाई नभई नहुने तत्व हो अनि त्यहि रगतलाई रक्तदान गरिसकेपछि रक्त संकलन केन्द्रबाट अस्पतालसम्म सुरक्षित हिसाबले अस्पताल पु¥याउन प्रयोग हुने ‘ब्लड–ब्याग’ किनेर रक्त संचार केन्द्रलगायत अस्पतालमा निःशुल्क उपलब्ध गराउने अभियान संचालन गरेको बताएका छन् ।

गायक नेपालीले आप्mनो यस अभियानपछि स्वास्थ्य क्षेत्रमा पर्ने अत्यावश्यक सामग्रीहरुको संकलनको अभियानलाई निरन्तरता दिने बताएका छन् । उनले आप्mनो पहिलो प्रयासस्वरुप आम जनमानसमा सहयोग उपलब्ध गराइदिन सबैमा आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु