भबिन र होमनाथको ‘होराइजन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७२, शुक्रबार

काठमाडौं—लामो समयदेखि गीति लेखनमा क्रियाशिल रहँदै आएका गीतकार गीतकार होमनाथ न्यौपानेले पछिल्लो समयमा गायक भबिन ढुंगानाको साथमा गीति एल्बम ‘होराइजन’ लिएर आएका छन् । गीतकार न्यौपानेको एकल शब्द तथा गायक भबिन ढुंगानाको एकल स्वरहरु समावेश गरिएको पप, आधुनिक तथा शास्त्रीय शैलीका फ्युजन गीतहरुको एल्बम ‘होराइजन’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ गीतकार दिनेश अधिकारी तथा संगीतकार दीपक जंगमले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

horizon1
शास्त्रीय गायनमा भारतको नया“ दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर (गोल्ड मेडलिष्ट) गरेका गायक भबिनको यो डेब्यू एल्बममा चार वटा गीत समावेश गरिएका छन् । एल्बमका गीतमा चार भिन्न संगीतकारहरुले संगीत दिएका छन् । पहिलो गीत ‘बर्सियो आज मन’ मा प्रवेश मल्लिकको संगीत छ भने दोस्रो गीत ‘रङ्गाएर प्रीतका पाना’ लाई सचिन सिंहले संगीतबद्ध गरेका छन् । ‘मुहारमा बादल किन’ गीतका संगीतकार दीपक भट्टराई हुन् भने ‘चञ्चले चञ्चले’ गीतलाई गायक भबिन ढुंगानाले नै संगीतबद्ध गरेका छन् । ‘चञ्चले चञ्चले’ गीतको ट्रयाकलाई एल्बममा समावेश गरिएको छ । एल्बका गीतमा रञ्जन झा, गोपाल रसाइली, भबिन ढुंगाना तथा शम्भु बानियाको संगीत संयोजन छ । माई पोखरी म्युजिक एण्ड मिडियाले बजार व्यवस्थान गरेको यो एल्बमको एउटा गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ । ‘बर्सियो आज मन…’ गीतको म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री रीमा विश्वकर्माले अभिनय गरेका छन् । लक्ष्मण पौडेलले यो भिडियो निर्देशन गरेका हुन् ।

horizon4
विमोचन समारोहमा गीतकार दिनेश अधिकारी तथा संगीतकार दीपक जंगमले गायक भविन ढुंगानाको गायन कलाको प्रसंसा गरेका थिए । विमोचन समारोहमा पहिलो ‘नेपाली तारा’ मा चौथो स्थानमा रहन सफल गायक भबिन ढुंगानाले विमोचित एल्बमका दुई गीत प्रस्तुत गरेका थिए । गायक ढुंगानालाई संगीतकार सचिन सिंहले गिटारमा साथ दिएका थिए ।

horizon
लामो समयदेखि गीत रचना गरिरहेका होमनाथ न्यौपानेले यसअघि आफ्नो रचनाका दुई एलबम ‘चेतना’ तथा ‘हिमालको चन्द्र’ स्रोतामाझ ल्याइसकेका छन् । पेशाले फुड टेक्नोलोजिष्ट न्पौपाने लामो समयदेखि नेबिको बिस्कुटको सिईओको रुपमा कार्यरत छन् । ‘होराइजन’ न्यौपानेको तेस्रो एकल गीति एल्बम हो ।

horizon3 horizon2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु