
चर्चित गायक भरत सिटौलाले आफ्नो पछिल्लो एल्बम “बैशमा”को शिर्ष गीतको सफलता पछि कि आउछु भनको म्युजिक भिडियो सार्वजनिक गरेका छन्|
कार्टुन क्रु,पल शाह र रक्षा श्रेष्ठको नृत्य र अभिनय रहेको म्युजिक भिडियोको रिलिज संगै चर्चा पनि चुलिएको छ|
जिबन थापाको निर्देशनमा बनेको यस म्युजिक भिडियोलाई अनिल मानन्धरले छायांकन गरेका हुन् भने भरत रेग्मीले सम्पादन गरेको छ|
आफ्नै शब्द संगीत र स्वरमा रहेको यस गीतलाई पनि आफ्ना दर्शक स्रोताहरुले यस अघिको गीत संगीतलाई जस्तै माया गरिदिने विश्वास लिएको गायक सिटौलाले बताएका छन्| यस म्युजिक भिडियोलाइ उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्|