भविन र होमको ‘बर्षियो आज मन मेरो’

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७२, बुधबार

गायक भविन ढुंगाना र गीतकार होमनाथ न्यौपानेको एल्बम ‘HORIZON’ को Title Song ‘बर्षियो आज मन मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। वर्षा ऋतुमा गाइने मलहार रागमा आधारित यो गीतमा आधुनिक, शाष्त्रीय तथा पप बिधाको एउटा उत्क्रीष्ट फ्युजन सुन्न सकिन्छ। गीतमा संगीत प्रवेश मल्लिकको र  संगीत संयोजन रंजेन झाको रहेको छ।

म्युजिक भिडियोमा चकलेटी नायक आर्यन सिग्देल र चर्चीत नायिका रीमा विश्वकर्माको शशक्त अभिनय हेर्न सकिन्छ भने भिडियोलाई निर्देशक लक्ष्मण पौडेलको निर्देशकीय ज्ञान तथा छायाकार अर्जुन तिवारीको लामो अनुभवले थप आकर्षक बनाएको छ।

Horizon

गायक ढुंगाना शास्त्रीय गायनमा दिल्ली विश्वविद्यालयका गोल्ड मेडलिस्ट ग्राजुएट हुन भने गीतकार न्यौपाने विगत एक दशकदेखि गीत लेखनमा सक्रिय छन्।  गीतकार न्यौपानेका दुईवटा गीति एल्बम ‘चेतना’ र ‘हिमालको चन्द्र’ यस अघि नै बजारमा आईसकेका छन् भने गायक ढुंगानाको यो पहिलो गीति एल्बम हो।

भिडियो हेर्नुहोस्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु