भव्य रुपले सम्पन्न भयो सयपत्री साँझ

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७३, मंगलवार

लण्डन । सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले आफ्नो स्थापनाको दशौँ वर्षको उपलक्ष्यमा जुलाई २४ आइतबार ‘सयपत्री साँझ–२०१६’ भव्य रुपले सम्पन्न गरेको छ । स्थानिय द एम्पायर हल अल्डरसटमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा लोकप्रिय कलाकारहरु कन्हैया सिंह, अन्जना गुरुङ, रामजी खाँण, मनसुधन थापा, प्रभु गुरुङ, कबिता घर्तिमगर गुरुङ, महेश गुरुङ, पुष्पा गुरुङ, सुबास गुरुङ, शशी गुरुङका लगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए ।

sayapatri nepali society uk (6)
नेपाली कला संस्कृतिको क्षेत्रमा गीत, संगीत तथा नृत्यका माध्यमले विकास र विस्तार गर्नका लागि सयपत्री साँझले महत्वपूर्ण भूमिका खेल्ने सयपत्री नेपाली सांस्कृति समूह युकेका अध्यक्ष एलबी गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै युकेकाको चर्चित सयपत्री लाइभ म्युजिकल ब्याण्डको विशेष सांगीतिक प्रस्तुतिका साथै स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुति रहको थियो ।

sayapatri nepali society uk (9)

यो कार्यक्रममा सहभागिताका लागि एक महिना युके भ्रमणमा रहनु भएका विशेष आमन्त्रित गायक कन्हैया सिंह परियार र गायिका अन्जना गुरुङ लन्डनमा हुने विभिन्न संघ संस्थाको कार्यक्रमहरुमा पनि सयपत्री नेपाली कल्चरल ग्रुपको संयोजनमा सहभागी हुनुको साथै अन्तिम कार्यक्रम अगस्त १३ तारिखमा कोसेली परिवार लन्डनको कार्यक्रममा सहभागी भई सयपत्रीको बिदाई एवं सम्मान गरी अगस्त १४ पछि नेपाल फर्किने सयपत्री नेपाली सांस्कृतिक समूहले जानकारी दिएको छ ।

sayapatri nepali society uk (12) sayapatri nepali society uk (11) sayapatri nepali society uk (10) sayapatri nepali society uk (8) sayapatri nepali society uk (7) sayapatri nepali society uk (4) sayapatri nepali society uk (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु