भाषा, संस्कृती प्रति रोमियनको चासो

म्यूजिक खबर
प्रकाशित: १२ असार २०७३, आईतवार

निर्मात्री एवं नायिका रोमियन लिम्बूले आफ्नो भाषा, संस्कृतीको जगेर्ना गर्नका लागि आफ्नो मैलिक भेषभूषा लगाएर लिम्बू गीतको म्यूजिक भिडियो निर्माण गरेकी छन । छ दिने छुट्टिमा नेपाल आएकी नायिका रोमियन लिम्बूले आफ्नो नेपाल बसाईको समयलाई सदुपयोग गर्दै म्यूजिक भिडियो निर्माणसंगै अभिनय गरेकी हुन् ।

romiyan 5

वेलायतलाई कर्मथलो बनाउदै आएकी नायिका रोमियन आगामी दिनमा नेपाली चलचित्र एवं लम्बू भाषाका चलचित्र निर्माणमा आफूलाई सकृय तुलाउने बताउँछिन । ‘तागानु हाङजाङले’ बोलको गीतलाई लोकेन साबाको निर्देशन, गायीका जसोदा सुब्बाको शब्द, स्वर रहेको उक्त म्यूजिक भिडियोलमई ललितपुर लगायत काठमाडौको बिभिन्न ठाउँमा छायाँकन गरिएको छ । मयूजिक भिडियो आगामी महिनामा सार्वजनिक हुने नायिका लिम्बूले जानकारी गराएकी छन् । नायीका लिम्बू नेपाली चलचित्र नागबेली को निर्मात्री पनि हुन् । वेलायतमा हुने अधिकाँश साँस्कृतिक कार्यक्रमहरुमा खरो उपस्थिति जनाउदै आईरहेकी नायिका लिम्बू पहिले देखी नै आफ्नो भाषा एवं संस्कृती झल्कने भिडियोहरुमा काम गरिसकेकी छन् । उनि निकट भविष्यमै चलचित्र निर्माण घोषणाका लागि नेपाल आउने संभावना छ ।

romiyan 4

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु