भुकम्प पीडितका लागि सांस्कृतिक कार्यक्रम

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७२, मंगलवार

दाङ । बैशाख १२ गते गएको भुकम्पबाट पीडित बनेकाहरुलाई सहयोग जुटाउनका लागि दाङमा सांस्कृतिक कार्यक्रम गरिएको छ । उत्सर्ग फिल्म्सले बैशाख २६ गते दाङको घोराहीमा आयोजना गरेको उक्त कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, अभिनेत्री झरना थापा, रमा न्यौपाने लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । उनीहरुको प्रस्तुति हेर्नका लागि घोराहीका बासिन्दाहरुको बाक्लो उपस्थिति भएको थियो । कलाकारहरुले विपतमा परेकाहरुलाई सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरौं भन्ने आव्हान गरेका थिए ।
देशका लागि केही गरौं विपतमा परेकालाई सहयोग गरौं भन्ने नारा सहित आयोजना गरिएको उक्त कार्यक्रममा निर्देशक कलाकार मुनाल घिमिरे, तेक्वान्दोका खेलाडी एवं कलाकार वीरुभाइ बज्राचार्य, नायक आकाश पल, लोकगायक विक्रम थापा, गायक सुशील दुःखी, गायिका आयुषा राई, डान्सिङ स्टार नेहा खत्री, हिरो अफ भ्वाइस स्वीकृति डाँगी, यांशु श्रेष्ठ लगायतका कलाकारहरु प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा गन्धर्व समाजले भुकम्प गीत प्रस्तुत गरेका थिए भने प्रभु चौधरीले जादू देखाएका थिए । कार्यक्रमबाट एक लाख ३६ हजार रकम संकलन भएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष के.एल. पीडितले जानकारी दिए । उक्त रकम भुकम्प पीडितलाई सहयोग गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने पीडितले बताए ।

dinesh dc

jharna thapa

dang nepal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु