भुकम्प पीडितलाई नेपाल जापान आर्थिक संगठनको सहयोग

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७२, बिहीबार

काठमाडौं । विनाशकारी भुकम्पबाट पीडित बनेका सिन्धुपाल्चोकका विभिन्न गाविसमा नेपाल जापान आर्थिक संगठनबाट राहत प्रदान गरिएको छ । श्रीमती दिप्ती राजभण्डारीको नेतृत्वमा जापानमा रहेका महिलाहरुबाट सहयोग संकलन गरी नेपाल पठाइएको हो । संगठनले सिन्धुपाल्चोकको कालिका गाविसलाई लक्षित गर्दै १८ लाख रुपैयाँ बराबरको राहत सामग्री बितरण गरेको हो । संगठनले दुई दिने स्वास्थ्य शिविर र औषधी बितरण, घर बनाउनका लागि १९ बण्डल जस्तापाता, दाल, चामल, विस्कुट, चकलेट, ब्ल्यांकेट, विरामी बोक्नका लागि स्ट्रेचर,पीडित बालबालिका र महिलाका लागि आर्थिक खर्च वापत १ लाख ८० हजार रकम समेत बितरण गरिएको थियो ।
संगठनका तर्फबाट भुकम्प पीडितलाई राहत वितरण गर्नका लागि जीवन राजभण्डारीको एक टोली नेपाल आइपुगेको छ । संगठनले भुकम्पबाट ज्यान गुमाएकालाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको यथाशीघ्र सुस्वास्थ्यको कामना गर्दै राहत जुटाउन सहयोग पु¥याउने सम्पूर्ण महिलाहरुलाई महत्वपूर्ण योगदानको कदर गर्दै धन्यवाद दिएको छ ।
त्यस्तै काभ्रे जिल्लाको पाँचखाल ४ स्थित रामनगर डाँडामा कलाकारको एक टोलीले ‘हामी सबैका लागि सँगै’ भन्ने नाराका साथ जेठ १ मा ४० परिवारका घरपरिवारमध्ये १५ घरपरिवारलाई निर्माण सामग्री प्रदान गरेको छ । त्यसैगरी सोही टोलीले बैशाख ३० र ३१ गते काठमाडौंका २१ घरपरिवारलाई त्रिपाल बितरण गरेको निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले म्यूजिक खबरलाई जानकारी दिए ।

jivanraj japan sindhupalchok dinesh dc

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु