भुवन, जयन र रचनालाई सुर पद्यमा

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७०, आईतवार

काठमाडौं । यसपालीको सुर पद्यमा सम्मानबाट अभिनेत्री भुवन चन्द, गायिका रचना जिसी र रंग पत्रकार जयन सुब्बा मानन्धरलाई सम्मानित गरिएको छ । गायिका देविका बन्दनाले नेपाली चलचित्र र संगीत क्षेत्रको विकास र विस्तारका लागि योगदान पु¥याउने उद्देश्यले स्थापना गरेको सुर पद्यमा सम्मानबाट यस वर्ष चन्द, जिसी र सुब्बालाई सम्मानित गरिएको हो । उनीहरुलाई संस्कृतिविद सत्यमोहन जोशीको हातबाट सम्मान प्रदान गरिएको थियो । गत वर्ष यसै पुरस्कारबाट अभिनेत्री बसुन्धरा भुसाल, दीपक जंगमलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमलाई मन्त्र दिव्य इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको थियो भने सिंह परिवारको सक्रियतामा सुर पद्यमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता प्रविण सिंहले गरेका थिए भने कार्यक्रममा कला क्षेत्रका व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु