भुषण दाहालले निर्देशन गरे मात्र कान्तिपुरमा बज्छ : गीतकार ढुंगेल

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७२, आईतवार

गीतकार सुवासचन्द्र ढुंगेलले कान्तिपुर टेलिभिजनलाई इङ्गित गर्दै भने ‘त्यहाँ गीत बजिहाल्यो भने भुषण दाहाल निर्देशन गरिएका गीत मात्र बज्ने गर्छ ।’ उनले पछिल्लो समय जुन टेलिभिजनमा काम गर्ने निर्देशक छ त्यही टेलिभिजनमा मात्र गीत बज्ने वा रेडियो पनि आफ्नो पकडको मात्र हुनुपर्ने भएको हुँदा असली गीतहरु पर्दापछाडि परेको आरोप लगाए । मिडियाहरुकै कारण हामीजस्ता गीतकारले एल्बम निकालियो भने ओझेलमा पर्छ, जसले पैसा खर्च गर्छ वा मिडियाकर्मीलाई नै काम दिन्छ त्यसको गीत मात्र चर्चामा आउने गर्छ, गीतकार ढुंगेलको भनाइ थियो ।

subash chandra dhungel
गीतकार प्रकाशचन्द्र घिमिरेको गीतिसंग्रह विविधता सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका गीतकार ढुंगेलले घिमिरेको गीतिसंग्रह ‘विविधता’ मानिसको पीडा, संवेदना र चोटमाथि नै गीत लेखिने गरिन्छ, त्यसैको परिणती भएको बताए । गीतकार प्रकाशचन्द्र घिमिरेले पनि आफ्नो विधाभन्दा बाहिर रहेर गीत लेख्दा मुलुकले भोगेको चोटलाई नै केन्द्रमा राखेको बताए ।

गीतकार सुवासचन्द्र ढुंगेलको प्रमुख आतिथ्यतामा गीतकार संघका उपाध्यक्ष विपिन किरण, संगीतकार दिपक जंगम, अविद लगायतका अतिथिहरुको उपस्थितिमा गीतकार घिमिरेले ‘विविधता’लाई सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक भएपछि घिमिरेका गीतिसंग्रह विविधतामाथि अतिथिहरुले शुभकामना प्रदान गरेका थिए ।

एल्बमको संगीतको बारेमा समीक्षा गर्दै संगीतकार दीपक जंगमले गीतकारका शब्द आफैंले संगीत बोकेको बताएका थिए । एउटा वैज्ञानिकको गीत आफैंमा सुन्दर छ, संगीतकार जंगमले भने – कसैले नदेखेको गीतका शब्द घिमिरेले देखेका रहेछन् । सफलताको शुभकामना दिँदै ७५ जिल्लामा करिब ७२ जिल्ला घुमिसकेका घिमिरेले लेखेको गीतभित्र मुलुकको समग्र विकास अट्न सफल भएको छ, एउटा मार्गचित्र निर्माण भएको छ र मायाप्रेम पनि देशभित्र नै देखिएको छ, संगीतका जंगमले भने । गीतकार नृपध्वज खड्काको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यत्र mम पुल्चोक इन्जिनियरिङ क्याम्पसको उर्जा विभागको सभाहलमा सम्पन्न भएको थियो ।

गीत लेखनमा लागेका गीतकारहरुले प्राय गरेर मायाप्रेमभित्रको लेखनलाई मात्र प्राथमिकता दिएको पाइन्छ तर समग्र देशको चिन्तन गर्ने कमै पाइन्छ । देशको राष्ट्रियतालाई होस् वा जल, जमिन, जडिबुटीका कुराहरु हुन् गीतबाटै प्रस्तुत गर्नेहरु सायदै कमै भेटिन्छन् । मुलुकभित्रको विविधतालाई केन्द्रविन्दुमा राखेर गीतकार प्रकाशचन्द्र घिमिरेले भने ‘विविधता’ नै बजारमा ल्याएका छन् । पेशाले इन्जिनियरिङ क्याम्पसमा कार्यरत भए पनि उनले आफ्नो कामको सिलसिलामा घुमेका नेपालका जिल्लाहरुमा देखिएको भुगोल र त्यहाँको सम्भावनाभित्र रहेर गीत सिर्जना गरेका थिए । गीतकार घिमिरेल तिनै गीतहरुलाई समावेश गरेर ‘विविधता’ बजारमा ल्याएका हुन् । अरु भन्दा फरक विषयलाई रोजेर देशभित्रका सम्भावना र चुनौति अनि राष्ट्रियता र राष्ट्रप्रेमको कुरालाई गीतमार्फत् उजागर गरेका छन् घिमिरेले ।

bibidhata
गीतिसंग्रह विविधताभित्र जल जमिन, ढुंगा पनि, जमिन छोडी, चाउरिएर अनुहार, कलकल बग्छ, जन्मेपछि जस्ता गीत समावेश गरिएको छ । जसमा दीपक जंगम, अविद, सन्तोष श्रेष्ठ र सन्तोष रजौरेको संगीत रहेको छ । उक्त गीतमा संगीता राना प्रधान, रविन शर्मा, अजर जंगम, कृष्णभक्त राई, रिता केसी र सन्तोष रजौरेकै स्वर रहेको छ । प्रकाशचन्द्र घिमिरेको एकल रचना रहेको विविधताको प्रस्तुतकर्ता भने रमा घिमिरे हु्न् ।

dipak jangam

santosh rajaure

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु