भूकम्प बिर्सन गायत्रीको गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७२, मंगलवार

काठमाडौं । मान्छेमा सबैभन्दा ठूलो गुण भनेकै मानवीय भावना हो । आफू दुखी भइकन अरुको दुःखमा मल्हम लगाउन मानवीय धर्म पनि हो । यस्तै, भावनामा गायिका तथा गीतकार गायत्री थापाले डुबुल्की मार्ने प्रयास गरेकी छन् । गीतकार गायत्री आफै महाभूकम्पपीडित हुन् । तर, उनी आफ्नो पीडा बिर्सेर अरु पीडामा मल्हमपट्टी लगाउन राहत वितरण र गीतसंगीतमार्फत भूकम्पपीडितका पीडा पोखाउन प्रयासरत गरेकी छन् ।
बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले हजारौंको ज्यान लियो भने कैयौलाई घरबारविहिन बनाएको छ । यतिखेर हजारौ नेपालीको मन रोएको छ । तर, गीतकार गायत्रीले ‘घर भत्कीए पनि नेपालीको मन भत्कीएको छैन’ भन्ने सन्देश प्रभाव गर्न गीत तथा म्युजिक भिडियो तयार गरेकी छन् । ‘यो संसार भत्कीएर थिलाथिला भयो दैव, कति भत्कीयो संरचना, कतिको ज्यान गयो दैव’ गीतमार्फत उनले भूकम्पपीडितको मनमा उत्पन्न पीडा र त्राशलाई कम गर्ने प्रयास गरेकी छन् ।
धेरै गायक÷गायिकाले महाभूकम्पपछि यसबारे गीत तथा भिडियो तयार पारे । तर, अधिकांश गीत पीडामाथि पीडा थपिने खालका बने । तर, गायत्री भन्छिन्, ‘मेरो गीतले पीडा थप्ने छैन ।’ त्यस्तै, उनले अर्को पनि गीत तथा म्युजिक भिडियो तयार गरेकी छन् । ‘यो संसार’ बोलको गीतमार्फत उनले महाभूकम्पपछि उत्पन्न त्रसित मनलाई उजागर गर्दै भावी दिन नेपालीले सिक्नु पर्ने पाठ उजागर गरेकी छन् ।
केही दिनअघि मात्र नुवाकोट जिल्लाको लालुमा गाविसको १, २, ४ र ५ नम्बर वडाका भूकम्पपीडतका लागि राहत वितरण गरेर आएकी गायत्रीले भनिन्, ‘म पनि भूकम्पपीडित नै हुँ । तर, आफ्नो पीडा बिर्सेर अरु पीडितका लागि राहत वितरणमा जुटेकी छु ।’

म्युजिक भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।  

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु