भेना र ज्वाइँले हैरान पारे गायत्री र कोपिलालाई

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७३, बुधबार

गायिका गायत्री थापा र कोपिला छनाललाई यतिखेर ज्वाइँ र भेनाले हैरान पारेको घटनाले बजार तातिएको छ । गीतसंगीतको क्षेत्रमा मात्र होइन सामाजिक रुपमा नै भेनाले साली पछ्याउने उखान चरितार्थ भए पनि यिनीहरुको घटनाक्रममा भने भेना र ज्वाइँ किन पछि लागे वा चियोचर्चोतिर लागेर पो हैरान पारेका हुन् किन बुझ्न गाह्रो भएको छ ।

niru-balxi
तिज नजिकिँदै गर्दा बजारमा तिजे भाकाहरु आउने गछ्र्रन् । तिज भनेको चेलीको चाड अर्थात् गीतका माध्यमले दुःख पीडा पोख्ने पर्व हो । हिन्दू नारीहरुको महान चाडका रुपमा लिइने यस तिज पर्वमा एकपछि अर्को गर्दै तिजका गीतहरु बजारमा ल्याउनेहरु व्यस्त छन् । शिवदर्शन डिजिटलबाट बजारमा आएको तिज गीत ‘हैरानै पारे भेनाले’ गीतमा गायिका गायत्री थापा र कोपिला छिनालको स्वर रहेको छ । गायत्री थापाको शब्द, राजु सुनामको लय रहेको छ । यसको म्यूजिक भिडियोमा भने निरु खड्का, रश्मी तामाङ, कमल गाउँले र बल्छी धु्रवेको अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन, मुकेश हुमागाइँको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई प्रविन रेश्मीमगरले सम्पादन गरेका छन् । पछिल्लो समय तिजलाई रत्यौलीमय देखिरहेको अवस्थामा यो गीतले भने केही भए पनि तिजको झझल्को मेटाउलाकी भन्ने आशा गरिएको छ ।’

त्यसैगरी शिवदर्शनबाटै पशुपति गेटमा नामक तिज गीत पनि बजारमा आएको छ । विज्ञान रोकाय र सीता माझीको स्वर रहेको यस गीतमा विज्ञान रोकायाको शब्द र सीता माझीको लय रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई विजय थापाले निर्देशन गरेका छन् । विजय थापा र रञ्जिता गुरुङको अभिनय रहेको यस म्यूजिक भिडियोलाई करन चैंसिरले खिचेका हुन् भने प्रविन रेश्मीमगरले सम्पादन गरेका छन् ।

ranjita

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु