गायक भोजराज काफ्ले भन्छन् : बोक्सी हुँदैन

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७०, बुधबार

काठमाडौं, २६ मंसिर । गायक भोजराज काफ्ले आजभोली बोक्सी हुँदैन भन्दै हिंडिरहेका छन् । सरकारले पनि नीति नियममा नै कुनै पनि मानिसलाई बोक्सीको संज्ञा दिनु हुँदैन भनिरहेको बेला गायक काफ्ले पनि त्यसकै पछि लागिरहेका छन् । विशेषगरी तराइमा बोक्सी प्रथाले जरो गाडिरहेको बेला गायक काफ्ले गीतमार्फत् ‘छु मन्तरले छुँदैन, कुरा बुझांै सबैले मान्छे कहिल्यै बोक्सी हुँदैन’ भन्न थालेपछि उनीमाथि कसैले राम्रो त कसैले नराम्रो प्रतिक्रिया दिन थालेका छन् ।
बोक्सी हुँदैन बोलको गीत रेडियोहरुमा बज्न थालेपछि गायक काफ्लेलाई कसैले बोक्सी हुन्छ, मेरै आफन्त पनि बोक्सी जस्तो प्रतिक्रिया दिए रे । अब कसैले राम्रो काम ग¥यौ भनिरहेकै बेला केही व्यक्ति भने अन्धविश्वासमै रुमलिएको देखेर समाजको चरित्र अचम्मको भएको देखिन्छ । गायक पनि हाम्रो समाज देखेर अचम्म मान्छन्, बोक्सी कहाँ छ ? बोक्सी भनेको के हो त ? भन्ने कुरामा हामी पनि लाग्नु जरुरी नै थियो, यसैबेला गायक काफ्लेले बोक्सी हुँदैन बोलको गीत आफ्नै शब्द, लय र स्वरमा रेकर्ड गराएपछि कहिँ विवाद त कहिं स्याबासमा परेका छन् ।
समाजका घटेका कुप्रथाहरुको बारेमा गीतका माध्यमले जनचेतना फैलाउँदै आएका गायक भोजराज काफ्लेले पछिल्लो समयमा झन् चर्चाको शिखरमा पुगे । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाही थालेलगत्तै ‘बोत्तलको पानीले’ बोलको गीत गाएर देश विदेशमा सम्म चर्चा पाएपछि पुनः ट्राफिक प्रहरीबाट उनकै स्वरमा विज्ञापनसमेत बनाइने भयो । बोतलको पानीले प्वाल प¥यो लाइसेन्स पिउने बानीले… बोलको जनचेतनामूलक विज्ञापन पनि बोतलको पानीले बोलकै गीतअनुसार बनाइएको छ । जसले समाजमा अझ जनचेतना फैलाएर मादक पदार्थ सेवन गर्नेहरुलाई होसियार बनाउने नै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु