भोलि सम्पन्न हुँदै म्यूजिक खबर म्यूजिक अवार्ड

म्यूजिक खबर
प्रकाशित: ३१ जेष्ठ २०७१, शनिबार

काठमाडौं, ३१ जेठ । तेश्रो म्यूजिक खबर म्यूजिक अवार्ड भोलि भव्य कार्यक्रमका साथ सम्पन्न हुँदैछ । संगीत क्षेत्रमा एउटा आशाको केन्द्र रहेको म्यूजिक खबर म्यूजिक अवार्डको तेश्रो संस्करणमा असार १ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न हुन लागेको हो । स्तरीय एवं मौलिक संगीतकार धार नेपाली गीत संगीतको आधार भन्ने मूल नाराका साथ संगीतसम्बन्धी एकमात्र अनलाईन पत्रिका म्यूजिक खबर डटकमले आयोजना गरेको यस अवार्डलाई संगीत क्षेत्रमै फरक रुपमा लिइँदै आइएको छ । राष्ट्रिय भावको गीत, पप गीतसंगीत, लोकदोहोरी, चलचित्र, आधुनिक एवं गजलका विभिन्न २९ विधामा प्रदान गरिन लागेको म्यूजिक खबर म्यूजिक अवार्डमा बाल प्रतिभा प्रोत्साहन सम्मानबाट बालगायक प्रेम परियारलाई सम्मान गरिँदैछ भने म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कारबाट पत्रकार तुलसी गिरी भावुकलाई प्रदान गरिँदैछ । त्यस्तै अवार्डमा शंकर बिसीसमूह, गजित विष्ट समूह, विजय थापा समूहलगायतको नृत्य रहने भएको छ भने कोमल वली, प्रशान्त तामाङ एवं भोजराज काफ्ले लगायतको गायन प्रस्तुति रहने भएको छ । त्यस्तै हाँस्यकलाकार सन्दिप क्षेत्रको हाँस्य प्रस्तुति समेत रहने यस अवार्डलाई संगीत क्षेत्रमा विशेष रुपमा लिइएको छ ।

music award 2014_final

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु