भ्यालेन्टाइन डेमा केकीलाई विहेको प्रस्ताव

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७१, सोमबार

काठमाडौं । नायिका केकी अधिकारीलाई भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र उत्सवबाट डेब्यू गरेका नायक सन्जोग कोइरालाले विहेको प्रस्ताव गरेका छन् । नायिका केकी फिल्ममा जति खेलिन् त्योभन्दा धेरै म्यूजिक भिडियोमा व्यस्त भइरहिन् । तर उनको कलाको प्रशंसा गर्दै नायक सन्जोगले रेशमी अँगालोमा बाँध्ने जमर्को गरेका हुन् ।
माया प्रेममा समर्पित रहेको गीत भएका कारण भ्यालेन्टाइन डेमा सार्वजनिक गरिएको निर्देशक पोखरेलले बताए ।

मायाले बाँध न मलाई रेशमी अँगालोमा भन्दै सञ्जोगले केकीको जवानीलाई आकर्षित गराउन खोजेका हुन् । सुरेश दर्पण पोखरेलद्वारा निर्देशित म्यूजिक भिडियोमा केकी र सञ्जोगको अभिनयलाई वास्तविकतामा झैं रेशमी अँगालोमा बाँध्न सफल भएका छन् । अष्ट्रेलियामा रहेका गायकद्वय अबुन पाण्डे र टीका दाहालको स्वरमा रहेको उक्त गीत रमेश दाहालले लेखेका हुन् । टीका दाहालको संगीत रहेको उक्त म्यूजिक भिडियोलाई रञ्जना म्यूजिकले बजार प्रबद्र्धन गरेका हुन् । अरुण तिवारीको छायाँकन रहेको उक्त म्यूजिक भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । म्यूजिक भिडियोको सहनिर्देशनमा भने नेत्र गुरुङ रहेका छन् । यस गीतलाई अतृप्ति एल्बममा समावेश गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु