भ्रष्टाचार विरुद्धमा रामजी

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७१, सोमबार

काठमाडौं, १२ जेठ । गायक रामजी नेपाली यतिखेर भ्रष्टाचार विरुद्धको अभियानमा लागेका छन् । नेपाल पर्यटन बोर्डमा भएको भ्रष्टाचारको विरोध गर्दै जीटीसीसी नेपालले गरेको रिले अनसनमा गायक तथा संगीतकार रामजी नेपाली पनि अनसन बसेका छन् । उनले भ्रष्टाचार विरुद्ध गीत प्रस्तुत गर्दै अनसनमा समेत बसेका हुन् । भ्रष्टाचारी ए सुवास निरौला, क्षतिपूर्ति कसरी तिरौला, धेरै भो अत्याचार, कतिसम्म ग¥यौ नि अपमान सम्झाउँदा बारम्बार जस्ता शब्दहरुबाट गीत गाउँदै भ्रष्टाचारविरुद्धको अभियानमा लागेका हुन् । नेपालीले पर्यटन बोर्ड बनायौ पेवाझैं, रैछौ तिमी कुहिएको मेवा झैं जस्ता शब्दहरुबाट सुवास निरौलाप्रति प्रहार गरिरहेका छन् । गायक नेपाली मात्र होइन पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य संघसंस्थाका व्यक्तित्वहरु पनि पर्यटन बोर्डमा भएको भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय रहेका छन् ।

  ntb1

ntb

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु