मञ्जुलाई चारैतिर भ्याइनभ्याई

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७०, बिहीबार

काठमाडौं । लोकदोहोरी गायिका मञ्जु महतको दिन फिरेको छ । कुनै बेला निकै चर्चित मानिएका र भनिएका दोहोरी गायिकाहरू ‘डाउन’ भइरहेको अवस्थामा मञ्जु भने चम्किन थालेकी छन् अर्थात् ‘पिकअप’ लिइरहेकी छन् ।
मञ्जुकै भनाइमा अब एक महिना पूरै उनी ‘प्याक’ हुँदै छिन् । पछिल्लो समयकी यी चर्चित एवं हट दोहोरी गायिकाले भनिन्, ‘लोकदोहोरी कलाकारको सिजन लाग्दै छ, २० मंसिरदेखि १५ पुससम्म त मेरो स्याडुअल पूरै प्याक छ ।’ महोत्सवको मौसम दोहोरी कलाकारका लागि सिजन मानिन्छ । मंसिर लाग्दा नलाग्दै महोत्सवको चटारो बढ्छ । देशका विभिन्न सहर र बजारमा हुने महोत्सवका कारण दोहोरी कलाकारलाई पनि भ्याइनभ्याई बनाउँछ ।
त्यस्तै मञ्जु पनि देशका विभिन्न स्थानमा हुने मेला÷महोत्सवका लागि बुकिङ भइसकेकी छन् । मञ्जुले भनिन्, ‘यो एकमहिने कार्यक्रम स्याडुअलमा करिब देशका सबै सहर भ्याउनेछु ।’ यी गायिका विशेषगरी मध्यपश्चिम, पश्चिम र सुदूरपश्चिममा लोकप्रिय गायिका मानिन्छिन् । महोत्सव बढी हुने तिनै स्थान भएकाले मञ्जुका लागि खुसी भाग्य खुलेको हो । महोत्सवमा गाउँदा नाम र दाम दुवै कमाइने उनको भनाइ छ ।
त्यसो त मञ्जु आफैमा भाग्यमानी हुन् । दोहोरी गायिका भएकाले एल्बम नल्याइकनै उनी ‘महोत्सव’ गायिका बनेकी थिइन् तर जब औपचारिक रूपमा एल्बम पस्किइन्, त्यसपछि त उनको डिमान्ड ह्वात्तै बढ्यो । अहिले त मञ्जुले ‘नभन है कसैलाई भन्न हुँदैन’, ‘पञ्चेबाजा’, ‘हीरामोती’ जस्ता दोहोरी एल्बम श्रोताका लागि पस्किसकेकी छन् । त्यसैले महोत्सवमा गाउनलाई उनलाई कुनै द्विविधा छैन । दोहोरी गीत ठाउँ र परिवेश अनुसार गाइने भएकाले मञ्जुलाई आफ्नो गीत नै गाउनुपर्छ भन्ने छैन । ‘सानैदेखि गाउने÷नाच्ने गर्र्थे, दोहोरी त फरर्रै गाउँछु,’ उनले भनिन्, ‘क्याम्पस पढ्न थालेपछि मात्र गायनलाई औपचारिक रूपमै अँगालेकी हुँ ।’

manju mahat
पोखरा, भरतपोखरीकी मञ्जुले पोखराकै पृथ्वीनारायण क्याम्पस ‘पिएन’ पढ्दैखेरि लोकदोहोरी प्रतियोगितामा सहभागी हुन थालेको बताइन् । उनका अनुसार स्मरणीय कुरा के छ भने अहिलेसम्म सहभागिता जनाएको प्रतियोगितामा उनी कहिल्यै हातखाली भएकी छैनन् । राष्ट्रिय लोकदोहोरी प्रतियोगिता जस्तो देशकै ठूलो मानिएको राष्ट्रिय लोकदोहोरी प्रतियोगिताको समेत विजेता भइसकेकी मञ्जुले भनिन्, ‘अहिलेसम्म कुनै प्रतियोगितामा हारेकी छैन, प्रथम नभए पनि दोस्रो र तेस्रो भएकै छु ।’ दोहोरी गायनमै लागेर एसियाका अधिकांश मुलुक चहारिसेकेकी मञ्जुको इच्छा आधुनिक गायनमा पनि छ । हाल ‘पढ्यो पाठ सोह्र दुना आठ’ नामक लोकदोहोरी एल्बमको तयारी गरिरहेकी मञ्जुले भनिन्, ‘भविष्यमा आधुनिक गीत पनि गाउने सोच छ, सायद चाँडै गाउँछु होला ।’
यहाँसम्म त ठीकै छ, मञ्जु दोहोरी गायिका मात्र होइनन्, उनी एक कुशल मोडल पनि हुन् । आफ्ना गीतका आलावा अन्य गायक÷गायिकाको गीत तथा विभिन्न विज्ञापनमा मोडलिङ गर्दै आएकी यी गायिकाले भनिन्, ‘म कहाँ गायिका मात्र हुँ र, मोडलिङ पनि गर्छु नि ! त्यसैले आपूmलाई मोडल पनि भन्न रुचाउँछु ।’ तर, आफ्नो परिचय भने लोकदोहोरी गायिका नै भएको उनले सुनाइन् । ‘म व्यावसायिक दोहोरी गायिका हुँ’ पुतलीसडकस्थित कालिका रोधीघरसमेत सञ्चालन गर्दै आएकी मञ्जुले भनिन्, ‘आपूmलाई लोकदोहोरी गायिका हुँ भन्न पाउँदा गर्व लाग्छ किनकि लोकदोहोरी भनेको हामी नेपालीको संस्कृति र पहिचान हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु