मनको कुरा सुनाउँदै ओम (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७३, बिहीबार

काठमाडौं, २ मंसिर । गायक तथा संगीतकार ओम सुनारले आफैले गाएको ‘सुन न मनको कुरा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । करिब एक दर्जन चलचित्रमा संगीत र तथा स्वर दिइसकेका ओम भन्छन्, ‘दामका लागि संगीत गर्छु भने नामका लागि गाउँछु ।’ उनी संगीत क्षेत्रबाट एकसाथ नाम र दाम कमाउन चाहन्छन् । त्यसैले उनले केही म्युजिक भिडियोमा समेत मोडलिङ गरेका छन् । यसपटक भने उनले अरुलाई मोडलिङ गराएका छन् ।
सार्वजनिक पछिल्लो आफ्नो गीतमा उनले आफ्नो मनको कुरा दर्शक तथा श्रोतालाई सेयर गर्ने प्रयत्न गरेका छन् । यस गीतबाट उनी पर्दामै आउन चाहेको भन्ने बुझ्न कुनै गाह्रो छैन । यो सार्वजनिक गीत एल्बम ‘सुगन्ध–३’ को हो ।
मनिष खड्काको शब्दरचना रहेको ‘सुन न मनको कुरा’ को यस भिडियोलाई दिनेश पौडेलले निर्देशन गरेका हुन् । यस भिडियोमा चन्दु र अस्मिताले मोडलिङ गरेका छन् । यी दुवै पछिल्लो समयका उदाउँदा मोडल हुन । पाश्र्वगायनमा समेत चम्किँदै गरेका ओमको यस गीतको भिडियो हेर्दा कुनै चलचित्रको गीत हेरिरहेको जस्तो आभाष हुन्छ । यस भिडियोलाई रामेश्वर हुमागाइँले खिचेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु