मनिपालको वेदना कसले सुन्छ ?

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७३, शुक्रबार

गायक तथा संगीतकार मनिपाल राई यतिखेर प्रवासमा छन् । केही समय पहिला मात्र वेदना एल्बम सार्वजनिक गरेर मलेसिया फर्किएका राई यतिखेर आफ्नै वेदना सुनाउँदै हिंडिरहेका छन् । गीतका मार्फत दिने अभिव्यक्ति भन्दा पनि माथि गायक राईको वेदना झल्किएको प्रष्ट देखिन्छ ।

model-kasis

स्वार्थी बनी तिम्ले किन झुटा कसम खायौ ?
धोका दिई रुवाई मलाई भन के पायौ ?

घरबास छोडेर प्रवास जाँदाको मनभित्र रहेको वेदना एकातिर छ भने अर्कोतिर मायाप्रेमभित्रको विछोडमा वा विश्वासघातको शिकार बनेको वेदना आँखाभरि टिलपिलाएको छ राईलाई । राईकै संगीत र स्वरमा रहेको यस गीतभित्र गीतकार तारा दिप्सालीले पनि आफ्नै भावनाजस्तै समेटेका छन् । हुन त गीत भनेको भावना हो, तर यथार्थपरक पनि बन्न जान्छ कहिले काहीँ । प्रवासिएको मनले विछोडिएको मनसँग भावना पोख्दै गर्दाका अभिव्यक्तिले गीतलाई श्रृंगारिक बनाएको छ ।

jiwan-senchury

यो गीतमा हामी चर्चित मोडल तथा नायिका कसिस दहाल र अमिर माबोले अभिनय गरेका छन् । कसिस केही हप्तादेखि मलेसीयामा बिभिन्न म्युजिक भिडीयोको काममा ब्यस्त छिन् । यस्तै यस भिडीयोमा क्यामेरामेनको भुमीकामा देखिएका जीवन सेन्चुरी सफल निर्देशक सफल मोडल हुन् म्युजिक भिडीयोकै कामको शिलशिलामा केही महीनादेखि मलेसियामै रहँदै आएका छन् । भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका छन् । यस भिडीयोमा मोडल अमीर माबो, कसीस दाहाल साथमा बिजय योन्जनलाई देख्न सकिन्छ । अनुभवी क्यामेरामेन जीवनको साथ र फुर्वा शर्पा बिसाल माबोको सहयोग अतुलनीय रहेको निर्देशक सुन्दर बताउँछन् ।

sundar-kasis

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु