मन मुटु नदुख्ने के छ औषधी ? (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७३, शुक्रबार

काठमाडौं। पहिलो पटक चर्चित गायक शिव परिवार र प्रमोद खरेललाई एक साथ गजल गवाएर चर्चामा आएका गीतकार नृपेश उप्रेतीको नयाँ गजल ‘मन मुटु नदुख्ने के छ औषधी’ सार्वजनिक भएको छ ।
नबोदित गायक विशाल घिमिरेको आवाजमा सजिएको यो गजलमा जोनी योञ्जनले संगीत भरेका हुन । यसअघि ‘जति धेरै’ बोलको गीत सार्वजनिक गरेका गायक घिमिरेलाई संभावना बोकेका गायकको रुपमा हरिएको छ । पुर्व झापालाई कर्मभुमी बनाएर संगीतमा होमिएका गायक घिमिरे पुर्वाञ्चलमा निकै चर्चित पनि छन । उनले झापामानै संगीतकार कृष्ण योञ्जन बाट संगीतको प्रशिक्षण लिएका हुन र उनी हरेक बिधाका गीत गाउन पोख्त मानिन्छन् ।

k aushadhi
गीतकार उप्रेतीका यस अघिका सबै गीत गजलहरु चर्चित तथा स्थापित गायक गायिकाहरुले गाएका छन । यो पाली किन नयाँ गायक त भन्दा उनी भन्छन ‘आफ्नै जिन्दगी आफैलाई भारी भारी भाको छ’ बोलको गजलको सफलता पछि विशाल भाइले एउटा गजल लेखिदिन अनुरोध गरे र उनको आवाज सुन्दा राम्रो संभावना बोकेको गायकको रुपमा पाए पछि उनीसंग काम गरेको हुँ ।’ गायक घिमिरेसंग निकै प्रभावित गीतकार उप्रेती उनले यो गजललाई पुर्ण न्याय गरेको बताउँछन् । बिगत लामो समय देखि बेलायतमा बसोबास गर्दै आएको गीतकार उप्रेती कुनै समय नेपालमा सक्रिय पत्रकारिता गर्दथे । उनले गत साल नौ वटा गीत गजलहरुको संग्रह आहान अर्को खुशी सार्वजनिक गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु