मरुभूमिमा गीत गाउँदै छन् वीर

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७१, बिहीबार

काठमाडौं । भनिन्छ, कला र गला भए सात समुद्रले पनि छैक्दन । यस्तै, उदाहरण दिएका छन्, गायक बिरबहादुर श्रेष्ठले पनि । रोजगारीको सिलसीलामा करिब १७ वर्षअघि कतार पुगेका श्रेष्ठले त्यहाँको तातो भरुभूमिको रापसँग पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका छन् । तनुहुँमा जन्मेहुर्केर नेपाली संगीत अँगालेका श्रेष्ठले पहिलो एल्बम ‘श्रीखण्ड जस्तै हो चोखो माया जाल’ ०६४ सालमा ल्याएका थिए । त्यसयता उनी विदेशी भूमिका रहेर पनि निरन्तरता दिँदै आएको बताउँछन् ।

गायक श्रेष्ठ भन्छन्, ‘रोजगारको सिलसिलामा कतार पसेको १७ बर्षमा लाग्यो । तर यहाँ बसेर पनि नेपाली गीतसंगीतलाई बिर्सेको छैन ।’ त्यहाँ अल वादिया ट्रेडिङ एन्ड कन्ट्रटिङ कम्पनीमा कार्यरत रहेको उनले बताए । ‘गायन मेरो सानैदेखिको रुचि हो’ उनले भने, ‘विशेषगरी मेरो लोकगीतप्रति रुचि थियो । तर, अहिले सबै प्रकारमा गीत गाउने गरेको छु ।’ उनले अहिलेसम्म झरना संगीतबाट ३ वटा लोकदोहोरी एल्बम ल्याइसकेको बताए । जसमा ‘श्रीखण्ड जस्तै हो चोखो माया जाल’ (२०६४), ‘मस्र्याङदी बग्यो सलल’ (२०६५), र ‘मनको रहर’ (२०७१) मा एल्बम ल्याएको उनले बताए । विदेशमा बसेर पनि आफ्ना गीतहरु बजिरहेको थाहा पाउँदा खुसी लाग्ने गरेको श्रेष्ठले सुनाए । उनले भने, ‘अब चाँडै अर्को एल्बम ल्याउने तरखरमा छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु