मलेसियामा तामाङहरुको ल्होसार धमाका हुने

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७१, आईतवार

क्वालालम्पुर । तामाङहरुको महान् चाड २८५१ औं सोनाम ल्हुग ल्होछारको अवसर पारेर मलेसियामा ‘ल्होछार धमाका–१’ हुने भएको छ । मलेसियामा विभिन्न पेशा र व्यवसायमा रहेका तामाङहरुको सञ्जाल प्रवासी तामाङ एकता समाज र नमःबुद्ध एफएम १०६।७ मेघाहर्जले ल्होछार धमाका गर्न लागेका हुन् । समाजले अंग्रेजी नयाँ वर्षको आगमनसँगै तामाङहरुको नयाँ वर्षका रुपमा लिइने ल्होछारका अवसरमा तामाङ कलाकारहरु बोलाएर क्वलालम्पुरमा ल्होछार धमाका गर्न लागेको हो ।
नमःबुद्ध एफएम तथा तामाङ संचारकर्मीहरुको संरक्षण गर्ने उद्देश्यले ‘ल्होछार धमाका–१’ आयोजना गर्न लागिएको समाजले बताएको छ । आगामी १९ फेब्रुअरी २०१५ मा क्वलालम्पुरस्थित होटल आङकासामा उक्त धमाका हुने भएको समाजले हिजो शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धमाकामा तामाङ समुदायका कलाकारहरुको नेपालबाट उपस्थिति रहनेछ भने स्थानीय रुपमा मलेसियामा रहेका कलाकारहरुले कार्यक्रममा आ–आफ्नो प्रस्तुति दिने भएका छन् । धमाकामा धूम मच्चाउनका लागि नेपालबाट गायक चन्द्रकुमार दोङ, विश्व दोङ, गायिका तुलसा वाइवा एवम् तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङको उपस्थिति हुने भएको छ ।
कार्यक्रमलाई क्वालालम्पुरमा रहेको द खुकुरी रेस्टुरेन्टले मुख्य प्रायोजन गरेको छ भने युनिक फेसन कपडा पसल र नेपाली किचनले सहप्रायोजन गरेका छन् । त्यस्तै डिजी रेडियो १३१२२२४, डिजी नमस्ते नेपाल १३१२२५, पशुपति रेमिट काठमाडौं, रमाइलो रेस्टुरेन्ट सेरेम्वान, लाङ्घाली नेपाली कपडा पसल रावाङ सहयोगी प्रयोजकका रुपमा रहेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु