मलेसियामा निर्देशकको मिनी मार्केट, साइभिजनको शाखा खुल्दै

म्यूजिक खबर
प्रकाशित: २७ कार्तिक २०७१, बिहीबार

मलेसिया । चर्चित निर्देशक प्रकाश भट्ट यतिखेर मलेसियामा व्यापार व्यवसाय गर्दैछन् । नेपालमा रहँदा चर्चाको शिखरमा पुगेका निर्देशक भट्ट यतिखेर मलेसियामा व्यवसाय गर्दा सबैलाई लाग्छ होला उनी पलायन भए भन्ने । तर उनी पलायन हुन खोजेका होइनन् बजार विस्तारमा मलेसिया आएका हुन् ।
नेपालमा छँदा साइभिजन प्रालिका माध्यमले चर्चायोग्य म्यूजिक भिडियोहरु निर्देशन गरेर ख्याति कमाएका निर्देशक भट्ट यतिखेर मलेसियाको कापरमा ठूलो व्यवसाय गरिरहेका छन् । केडाइ बुटिक नेपाल ट्रेडिङ एसडीएन बीचएचडी, चौतारी रेस्टुरेन्ट एण्ड मिनी मार्केट ना दिइएको उनको व्यवसाय नेपालीलाई मात्र नभई विदेशीका लागिसमेत एउटा मिनीमार्केटका रुपमा स्थापित हुने भएको छ । उनलाई मलेसियामै व्यवसाय गर्दै आएका सफल व्यवसायी जयराम तिमिल्सिनाले पूर्ण रुपमा सहयोग गरेका हुन् ।
करिब ३२ सयभन्दा बढी म्यूजिक भिडियो निर्देशन गरिसकेका प्रकाश भट्टले ड्राइभर दाइ, भैंसी पालेर, सोह्र दुना आठ, क्याम्पस पढ्न आउनी, मलाई अमेरिका यही, फूल फुलेर पहेंलैलगायत दर्जनौं चर्चित गीतहरुको म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । नेपालको व्यवसायलाई यथावत राख्दै साइभिजनको शाखा मलेसियामा विस्तार गर्न लागेका निर्देशक भट्ट नेपालीहरुको पहुँच मलेसियामा बाक्लो भएकोले यहीँबाट पनि म्यूजिक भिडियोहरु निर्माण गर्ने र मलेसिया आउने जाने क्रमलाइ निरन्तरता दिने सोचमा रहेका छन् ।

praklasht
म्यूजिक खबर म्यूजिक अवार्डमा लगातार दुई वर्ष उत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड पाइसकेका भट्टले लोकदोहारी अवार्ड पनि चुमीसकेका छन् । निर्देशनको यात्राले चर्चाको शिखरमा पुगिरेको बेला उनी नेपालमा र मलेसियामा दुवैतिर गीतसंगीतको व्यवसायलाई अगाडि बढाउने सोचमा रहेका छन् । यतिखेर मिनी मार्केटको सम्पूर्ण व्यवस्थापन कार्य सकेर व्यवसायिक उद्घाटन गर्ने क्रममा रहेका भट्टले नेपाली गीतसंगीतको बजार भनेको यतिखेर प्रवासमा रहनेले पठाएको रेमिट्यान्सले धानिरहेको हुँदा प्रवासमा साइभिजनको शाखा खोल्नु उपयुक्त भएको बताएका छन् । अब निकट भविश्यमै साइभिजन मलेसियाको संचालन हुने भट्टले म्यूजिक खबरलाई जानकारी दिए । तर यतिखेर नेपाली गीतसंगीतको बजारलाई उनको अभाव खड्किरहेको छ । दैनिक रुपमा निर्देशनमा व्यस्त भइरहने सफल निर्देशक नेपाल छाडेर मलेसिया आइपुग्दा गीतसंगीतको क्षेत्रमा उनीजस्ता सिद्धहस्त व्यक्तित्व अभाव सदैव भइरहन्छ । त्यसैले पनि उनी पुनः नेपाल र मलेसिया दुवैतर्फको व्यापार गर्ने सोचमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु