माघ १ मै काफल पाक्ने

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७२, बुधबार

काठमाडौं । काफल भन्ने फल भनेको मौसम अनुसार पाक्ने हो तर यसपाली भने माघ १ बाट नै पाक्ने भएको छ । माघ १ मा मौसम अनुसारको काफल नभई चलचित्र ‘काफल पाक्यो’ आउने भएको हो । महिला निर्देशक सावित्री खत्रीद्वारा निर्देशित चलचित्र काफल पाक्यो माघ १ बाट प्रदर्शनमा आउने भएको छ । नायक जीवन लुईँटेल अभिनित नयाँ चलचित्र ‘काफल पाक्यो’ माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र काफल पाक्योको रिलिज डेट, गीत र प्रोमो सार्वजनिक गरिएको हो ।

arko paila shantipriya

चलचित्रमा नायक जीवन लुईँटेलको अलवा नवनायिका वर्षा सिंह, मुकेश आचार्य, लय संग्रौला, उत्तम केसी, बीएस राणा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको गीत र प्रोमो सार्वजनिक गर्दै निर्देशक सावित्री खत्रीले ‘चलचित्रलाई हामीले उत्कृष्ट बनाउने प्रयास गरेको बताइन् ।
साधारण गाँउले जीवन विताइरहेका नायक जीवन लुईँटेलको पेरिफेरीमा चलचित्र केन्द्रीत रहेको बताइन् । उपेन्द्र सुवेदी, सुरेश राउत, लक्ष्मी केसीले निर्माण गरेको चलचित्र काफल पाक्योमा विकास चौधरीको संगीत, शंकर अधिकारीको गीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र सरिता राजचललेको कोरियोग्राफी रहेको छ । चलचित्रलाई दीर्घ गुरुगं र दीपक बज्राचार्यले खिचेका हुन् । चलचित्रलाई शुभकामना दिन पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, कलाकार एवं निर्देशक लय संग्रौला, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय लगायतका व्यक्तिहरु उपस्थित भएका थिए ।

barsha raut

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु