माघ २० मा ब्लु डायमन्ड स्टार एफएम म्यूजिक अवार्ड

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७०, मंगलवार

काठमाडौं, २५ मंसिर । म्यूजिक अवार्डहरुको संख्या थपिने क्रममा अब ब्लु डायमन्ड स्टार एफएम म्यूजिक अवार्ड २०७० आगामी माघ २० गते काठमाडौंमा हुने भएको छ । सूचना, समाचार एवं मनोरन्जनका विविध पक्ष्लाई समेट्दै सामाजिक उत्तरदायित्व बहनका साथ काठमाडौं र धरानबाट प्रसारित हुँदै आएको स्टार एफएमले अब म्यूजिक अवार्ड गर्ने भएको छ । ब्लु डायमन्ड स्टार एफएम म्यूजिक अवार्ड नाम दिइएको यस अवार्ड २४ विधामा प्रदान गरिने कुरा मंगलबार पत्रकार सम्मेलन गरी प्रष्ट पारिएको हो ।
स्टार एफएमले आफ्नो सुरुवातको गरिमामय ९ वर्षे यात्रा पूरा गरी १० वर्षमा प्रवेश गरेको अवसरमा स्रष्टा र सिर्जनाको मूल्यांकन गरी प्रोत्साहित गर्ने उद्देश्यले ब्लु डायमन्ड स्टार एमएम म्यूजिक अवार्ड २०७० को आयोजना गरेको स्टार एफएमका कार्यकारी अध्यक्ष प्रदीप कुमार उदयले पत्रकार सम्मेलनमा बताएका हुन् ।
नेपाली गीत संगीतको प्रबद्र्धन, संरक्षण र विकासमा योगदान पु¥याउने उद्देश्यले स्टार एफएमले अवार्डको माध्यमबाट गीतसंगीतका स्रष्टा र सिर्जनालाई प्रोत्साहन गर्न लागेको हो । स्टार एफएम वेष्ट अफ दि वेष्टले गर्ने अवार्डले सम्पूर्ण संगीतकर्मीलाई समेट्दै वेष्ट अफ दि वेष्ट सर्जक र स्रष्टाको छनोट गरेर पक्कै पनि प्रोत्साहित गरी राम्रा भन्दा राम्रा सिर्जनामा योगदानको प्रयास गरेको पत्रकार सम्मेलनमा स्टार एफएमका म्यानेजिङ डाइरेक्टर गोपाल पौडेलले बताए ।
२४ विधामा गरिने अवार्ड कार्यक्रममा राष्ट्रिय भावनाको गीत, लोकगीत, दोहोरी गीत, सुगम संगीत, चलचित्र एवं पप गीतका विभिन्न कलाकार एवं प्राविधिकलाई समेट्दै सिर्जनात्मक आधारमा मूल्यांकन गरी अवार्ड प्रदान गरिने आयोजक संस्था स्टार एफएमले जनाएको छ । आगामी माघ २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य, सभ्य एवं उत्साहजनक कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने जनाइएको छ । कार्यक्रमका लागि स्टार एफएमको अर्काइभमा गीतहरु दर्ता भइसकेको र केही छुट भएका गीतहरुका लागि पुष ५ गतेसम्म आवेदन खुला गरिएको स्टार एफएमले जनाएको छ । पुष ५ गतेपछि स्टार एफएमले उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिने पनि आयोजक संस्था स्टार एफएमले जनाएको छ ।

star fm
यस अवार्डलाई सफल पार्नका लागि डिष्टिलरी प्रालिले तीन वर्षसम्म सहकार्य गर्ने सम्झौता भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । यस अवार्डलाई हिमालय टेलिभिजनले सहकार्य गरी प्रत्यक्ष प्रसारण गर्ने भएको छ । त्यसैगरी अवार्डको फाइनल कार्यक्रमका दिन एक वरिष्ठ गीतसंगीतमा लागेका हस्तीलाई लाइफटाइभ एचिभमेन्ट अवार्ड प्रदान गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु