माछा नभेटेपछि बल्छी धुर्वेलाई तनाव (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७३, बुधबार

यति बेला माछा मार्न असफल भएपछि माछा नायिके बल्छी धुर्वे तनावमा रहेका छन् । माछा हातमा नपरेपछि बल्छी धुर्वेलाई माछा जोहो गर्न गाह्रो भएको छ । जसकारण बल्छी धुर्वेले फर्सी सित गुजारा टार्नु परेको छ । बल्छी हुन् की अल्छी हुन् उनलाई बुझ्नै गाह्रो भएको छ । सधैं खोलामा धायो विषादी र करेन्ट लगाएर माछा अरुले मार्ने गरेपछि उनको फुर्लङ रित्तै हुन थालेको छ । रित्तै फुर्लुङ लिएर घर फर्केपछि उनलाई प्याकुलीलेले पनि तनाव दिन थालेकी छन् ।

यस्तै सनदर्भमा आधारित, गायक लभ कुमार भट्टले नयाँ कमेडि गीत ‘बल्छी धुर्वे गयो’ बजारमा ल्याएका छन् । चार पाँच वटा लोकदोहोरी एल्बम बजारमा ल्याइसकेका गायक लभकुमार भट्टले अब भने ट्राफिक जनचेतनामा आधारित गीत ल्याउने तयारी गरिरहेका छन् । गीतमा लभ कुमार भट्टसँगै मिना अधिकारीको स्वर रहेको छ । उक्त गीतमा राजेन्द्र सुवेदीको शब्द रहेको छ भने संगीत गायक स्वयम् कुमार भट्टकै रहेको छ । उक्त गीतलाई गोर्खा चौतारी म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

Untitled-1 copy
गीतको म्यूजिक भिडियोमा चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरीबास्यै’का पात्र(बल्छी धुर्वे) मरिचमान श्रेष्ठ र (प्याकुली) जानुका पौडेलको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियोलाई राजु पौडेल र मरिचमानले निर्देशन गरेका हुन् । हरिश महराको छायांकन रहेको उक्त गीतमा सुजन शाहीको सम्पादन रहेको छ । अन्त्यमा उक्त गीतमा, माछा मार्न विषादी प्रयोग गर्ने गरिएको प्रविधिलाई त्याग्न अनुरोध पनि गरिएको छ ।

भिडियो

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु