माण्डबिले पेरिसमा लच्काइन् कम्मर

म्यूजिक खबर
प्रकाशित: २१ बैशाख २०७३, मंगलवार

नेपाली सांगीतिक क्षेत्रमा ख्याति प्राप्त गायिका माण्डबि त्रिपाठी यति बेला युरोप भ्रमण व्यस्त छिन् । नयाँ बर्ष २०७३ को अबसरमा गैर आबसिय नेपाली महासंघ अन्तर्गत विभिन्न शाखाहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रम ‘मह यात्रा’को क्रममा अप्रिलमा नर्बेबाट आफ्नो युरोप यात्रामा निस्किएकी माण्डबि नर्बे, फिनल्याण्ड, डेनमार्क, इटाली, स्पेन, जर्मनी हुदै आइतबार पेरिस फ्रान्समा आफ्नो प्रस्तुति दिनको लागि आएकी थीईन् गायिका माण्डबि । हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यसंगै सहभागी भएकी माण्डबिको पेरिसको कार्यक्रममा आएका नेपालीहरुले खुलेर प्रसंशा मात्र गरेनन् नाचेर पनि साथ दिए, सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, मेरो बारुली कम्मर, मेरो मायालाई जिन्दाबाद लगायतका दर्जनौ गीत गायकी माण्डबिले प्रस्तुतिको सुरुवात भने राष्ट्रिय गीत ‘नेपालको झन्डा’बाट गरेकी थीईन् ।

7dee867a-63c3-4d31-97eb-92f03060d5fd

गैर आबसिय नेपाली महासंघ फ्रान्सले आयोजना गरेको उक्त कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदुत श्रीमती अम्बिका देवी लुइँटेलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मह जोडीको ‘बाहुनबहादुर नेवरबहादूर’ तथा ‘मदनको फोटो स्टुडियो’ शिर्षकका प्रस्तुतिले दर्शकको मन जितेका थिए, मह जोडीको प्रस्तुतिको फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाइएको थियो ।

1m (1)

कार्यक्रममा बोल्दै एन आर एन फ्रान्सका अध्यक्ष भक्त वाग्लेले बेला बेलामा हुने यस्ता सांगीतिक कार्यक्रमले बिदेशमा भएका नेपालीलाई आफ्नो कला संगीत र संस्कृतिको रक्षागर्न सहयोग पुग्ने साथै नेपाली नेपाली बिचको माया बढ्दै जाने बताउनु भएको थियो ।एक महिना अगाडी सुरु भएको यो सांगीतिक यात्रा जुनमा मात्र सकिने छ ।

4m

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु