माण्डवीलाई नारायणगोपाल युवा संगीत पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०७१, सोमबार

काठमाडौं । नेपाली पाश्र्व गायनकी चर्चित गायिका माण्डवी त्रिपाठीलाई यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कारबाट सम्मान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्दै आएको यस पुरस्कारबाट यस वर्ष गायिका माण्डवी त्रिपाठीलाई सम्मान गर्न लागिएको हो । त्रिपाठीलाई नेपाली लोक, आधुनिक एवं मौलिक संगीतको फाँटमा¥याउँदै आएको योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको युवा सेवा कोषका सदस्य सचिव शंकरप्रसाद पाण्डेद्वारा प्रषित विज्ञप्तिमा जनाइएको छ ।
स्वर सम्राट स्व.नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा वि.सं. २०४८ सालमा स्थापित गरिएको यस कोषले प्रत्येक वर्ष गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका युवा संगीतकर्मीहरुलाई पुरस्कृत गर्दै आएको हुँदा यस वर्ष गायिका त्रिपाठीलाई सम्मान गर्न लागेको जनाएको छ । ४० हजार नगद राशिसहित स्वर्ण पदक र प्रमाण पत्र रहेको यस पुरस्कार माघ २७ गते मंगलबार गायिका त्रिपाठीलाई प्रदान गर्न लागिएको हो । पछिल्लो समय गायिका त्रिपाठी चलचित्र एवं आधुनिक गीति गायनमा सक्रिय एवं चर्चाको शिखरमा रहेकी गायिका हुन् । गायनमा निरन्तर करिब डेढदशक पार गर्दै गरेकी गायिका त्रिपाठीलाई नारायणगोपाल युवा संगीत पुरस्कारले सम्मान गर्न लागेकोमा म्यूजिक खबर परिवार अग्रीम बधाई ज्ञापन गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु