माण्डवी र विपिनलाई पुत्रलाभ

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७०, मंगलवार

काठमाडौं, ४ फागुन । गायिका माण्डवी त्रिपाठी र संगीतकार विपिन आचार्यलाई पुत्रलाभ भएको छ । गत फागुन ३० गतेका दिन टिचिङ हस्पिटलमा माण्डवीले आफ्नो पहिलो बच्चाका रुपमा छोरालाई जन्म दिएकी हुन् । छोरा जन्मसँगै गायिका त्रिपाठी र संगीतकार आचार्यको परिवारमा खुशी भित्रिएको छ । विवाह बन्धनमा बाँधिएर पनि बच्चाभन्दा पहिला आफ्नो करिअरलाई नै प्राथमिकतामा राख्दै आएका गायिकी त्रिपाठी पछिल्लो समय गायन क्षेत्रमा नदेखिनुको पछाडिको रहस्य बल्ल खुलेको छ । देश विदेशको स्टेज प्रोग्राम र गायनलाई छाडेर उनी केही समय हराएकी थिइन् भने संगीतकार आचार्य भने एमबी म्यूजिक रेकर्डिङ स्टुडियो खोलेर आफ्नो संगीतकर्मलाई निरन्तरता दिइरहेका छन् । छोरा जन्माएपछि खुशी व्यक्त गर्दै त्रिपाठीले अब बच्चाको भविश्यप्रति केही समय खर्चिने र पुनः गायनलाई निरन्तरता दिने बताएकी छिन् ।

bipin_mandavi copy

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु