मायाजाल छुटेपछि काव्य र रमेश तनावमा

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७३, बिहीबार

माया प्रेममा लागेका जोडीको एक्कासी मायाजाल छुट्दाको अवस्था कस्तो होला ? त्यो उनीहरुलाई नै थाहा होला । गायिका काव्य आचार्य र गीतकार रमेश श्रेष्ठको यतिखेर मायाजाल छुटेको हल्लाले उनीहरुमा तनाव छाएको छ । गायिका र गीतकारको यो स्थितिले गर्दा गीतसंगीत क्षेत्रमा फेरि एउटा चर्चाको विषय बनेको छ ।

kabya acharya
यहाँ मायाजाल वास्तविकतामा छुटेको होइन, एउटा गीतको म्यूजिक भिडियोमा छुटेको अवस्था हो । गीतकार तथा लय सर्जक रमेश श्रेष्ठको लयमा बनेको गीत छुट्यो मायाजालमा गायिका काव्य आचार्य र राजु बोहोराको स्वर रहेको छ । रमेश श्रेष्ठ र विमला तिमिल्सिनाको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियोमा दुर्गेश थापा र ऋतु बोहोराको अभिनय रहेको छ । विन्ध्यवासिनी म्यूजिकले बजार प्रबद्र्धन गरेको उक्त गीतको म्यूजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् । सुजन शाहीको सम्पादन रहेको उक्त म्यूजिक भिडियोमा राजेश घिमिरेको छायाँकन रहेको छ ।

kabya acharya-raju bohora

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु