मायामा तड्पिएका उजन

म्यूजिक खबर
प्रकाशित: २३ जेष्ठ २०७१, शुक्रबार

काठमाडौं, २३ जेठ । केही दिनअघि नायक सुमन सिंह राजधानी नजिकैको चपली हाइटमा आफैलाई जलाउने कुरा गरिरहेको अवस्थामा भेटिए । मायामा तड्पिएका उनी प्रेमिकाका लागि जल्ने भन्दै डाँडामा भौँतारिरहँदा उनकी प्रेमिका निशा लामाचाहिँ सुमनकै वरपर टहलिइरहेकी थिइन् ।
प्रसंग एक म्युजिक भिडियो छायांकनको हो, जहाँ गायक उजन नेम्बाङको ‘तिमीलाई खुसी मिल्छ भने’ गीतको छायांकन हुँदै थियो । ‘गौरादहको बजारैमा’ मा जस्ता चर्चित गीतका गायक नेम्बाङको चौथो एल्बम ‘तस्बिर’ को उक्त गीतमा सुमन आफ्नी प्रेमिकाका लागि ‘जलिदिने’ कुरा गरिरहेका थिए । उजन र गायिका रजिना रिमालको स्वर रहेको उक्त गीतमा उजनकै शब्द तथा रोशन लामाको संगीत रहेको छ । वसन्त निरौलाले निर्देशन गरेको सो म्यजिक भिडियो केही सातापछि दर्शकमाझ आउने गायक उजनले बताए । उजनले यसअघि सन् २००७ मा ‘फ्रेन्डसिप’, २०१२ मा ‘अन्तराल’ र २०१३ मा ‘तनाव’ एल्बम श्रोतामा ल्याएक थिए ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु