माया जिन्दावाद भन्दै माण्डवी–२

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७२, मंगलवार

गायिका माण्डवी त्रिपाठीले आफ्नो दोस्रो एल्बम माण्डवी–२ सार्वजनिक गरेकी छिन् । माया जिन्दावाद, न त म पहाडी, ढोल बज्यो, पिपलुमा बरको छायाँ जस्ता गीतहरुसँगै उनले आफ्नो एल्बमलाई सार्वजनिक गरेकी हुन् । यतिखेर सांगीतिक भ्रमणका लागि युरोप टुरमा रहेकी गायिका माण्डवीले २०७२ को अन्त्यलाई शुभसाइत बनाउँदै दोस्रो एल्बम माण्डवी–२ सार्वजनिक गरेकी हुन् । प्राय गरेर फिल्मी शैलीका गीतहरुमा चर्चा बटुलेकी गायिका माण्डवीले मेरो बारुले कम्मर लचक्कैबाट पनि उत्तिकै चर्चा बटुलेकी थिइन् । लोकआधुनिक, फिल्मी, पप शैलीमा आफूलाई दख्खल राख्दै आएकी गायिका माण्डवीले दर्जनौं अवार्ड र सम्मान हात पारिसकेकी छिन् ।

mandavi copy
माण्डवी–२ मा राष्ट्रिय, आधुनिक, लोक तथा पप गीतहरुलाई समावेश गरिएको छ । एउटै एल्बममा फरक फरक विधाहरु समावेश गरेर स्रोताहरुको मन जित्न सकिने सोचका साथ उनले सबै विधाका गीतहरुलाई समावेश गरिएको बताएकी छिन् । एल्बममा विपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने किरण केसी क्रोधी, विपिन आचार्यको शब्द समावेश गरिएको छ ।
जिन्दावाद जिन्दावाद मेरो माया जिन्दावाद बोलको गीतको म्यूजिक भिडियो निर्माण गरिसकिएको छ । भिडियोमा अनुशा शाह र संगीतकार स्वयम् विपिन आचार्यको अभिनय रहेको छ । एल्बमलाई एमबी म्यूजिकले बजार प्रबद्र्धन गरेको हो ।

अडियोका लागि तलको फोटोमा क्लिक गर्नुहोला

mandabi tripathi-2

https://soundcloud.com/musickhabar-com/jindabad-jindabad

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु