• माया ठकुरीलाई नारी रत्न पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: ११ भाद्र २०७२, शुक्रबार

    काठमाडौं । आदिकवि भानुभक्त आचार्यको दुई सयौं जन्मजयन्तीको अवसर पारेर एक लाख राशीको नेपाली साहित्य नारी रत्न पुरस्कारबाट साहित्यकार माया ठकुरीलाई पुरस्कृत गरियो । कार्यक्रममा लेखनाथ पौड्याल पुस्कारबाट छन्दकवि मनिराज जोशीलाई सम्मान गरियो भने बालकृष्ण सम पुरस्कारबाट नाट्यक्रमी शकुन्तला शर्मालाई सम्मान गरियो । यस्तै, देवकोटा काव्य पुरस्कारबाट आधुनिक कवि केदार शर्मालाई सम्मान गरिएको थियो । यी पुरस्कारहरुको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

    maya thakuri-1
    विहीबार राजधानीमा आदिकवि भानुभक्तको जीवनी र उनको कृतिमाथि लेखिएका समालोचनात्मक पुस्तकहरुको विमोचन गरिएको छ । त्रिमूर्ति निकेतनले आयोजना गरेको कार्यक्रमा भानुभक्तको जीवनी, भानु विर्मश, भानु सन्दर्भ, निबन्धमा भानु, कवितामा भानु, भानुभक्त दुई सय वर्ष र बधुशिक्षाबारे विश्लेषणत्मक मूल्यांकनलगायतका पुस्तकहरुको लोकार्पण गरियो । पुस्तकहरुको विमोचन गर्दै वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले यस्ता कार्यक्रमले भाषा–साहित्यको विकासका लागि सहयोग पुग्ने धारणा राखे ।

    maya thakuri-2

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु