माया ढाँटेर जानेको सम्झना ‘देउरालीमा ठाँटी’

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७४, बुधबार

जेष्ठ २४, काठमाडौं । माया प्रेममा डुब्नेहरुले छाडि जानेको यादमा सम्झनाका पदचापहरु पनि यादगार बनाएर राख्ने गर्छन् । मायासँग हाँसखेल गरेका वनपाखा, देउराली, गाउँघर सबैतिर केही केही झल्काउने क्षणहरु बनेका हुन्छन् । तिनै यादगार बनाउनेमध्ये देउरालीको ठाँटी पनि देखिएको झलक संगीतम् र देवी घर्तीलाई पनि ।

deuralima_thati

देउरालीमा ठाँटी, ठाँटीको ढुंगामा तिम्रो मेरो नाम अझै उस्तै छ गयौ माया ढाँटी एउटा मन छुने मार्मिक गीत बनेको छ । गायक झलक संगीतम् र गायिका देवी घर्तीको स्वरमा रहेको यो गीत आलाप रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको छ । प्रेम र प्रेमिकाबीचको मनका कुरा पोखिएको यो गीतको शब्द भने जीवन खड्काले लेखेका हुन् भने झलक संगीतम्कै संगीत रहेको छ । यसको म्यूजिक भिडियोमा भने गायक संगीतम्, मनोज र दिपासा बिसीले अभिनय गरेका छन् भने संगीतम्कै निर्देशन रहेको छ । करण चैंरिको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु