मेरो पिर नगर जाउ है रामरी….

म्यूजिक खबर
प्रकाशित: २८ चैत्र २०७२, आईतवार

कुनै प्रेमी त्यस्तो होला कि आफ्नो साथ छाडेर जान लाग्दा पनि मेरो पिर नगर तिमी राम्रोसँग जाउ, राम्रो गर भनेर अर्ती दिने ? यस्तो प्रेमी प्रेमिकाहरु हजारमा एक नै हुन्छन् होला किनकी आफ्नो साथ एक्लो पारेर पनि जीवनको लक्ष्य पहिल्याउनका लागि तिमी जाउ, मेरो चिन्ता नगर भन्ने आँट सबैलाई हुँदैन । म छु यता सम्हाल्ने घर, बरु तिम्ले आफ्नो चाहिँ ख्याल गर भन्दै परदेश जाउँ, घर खुशी बनाउ भन्ने प्रेमीको एउटा यथार्थ घटनाभित्रको मौलिकता भएको गीत हो फुल्यो बाबरी ।

एउटा घरभित्रको परिवारभित्र हुनुपर्ने सम्पूर्ण कर्तव्य बोकेको गीत हो ‘फुल्यो बाबरी’ । डाँडामाथिका जूनघाम भएका बाबुआमा र परिवारको जिम्मेवार छोरा बुहारीबीचको एउटा घटनाक्रमलाई यो गीतले मार्मिक रुपमा पस्किएको छ । परदेश हिंड्न लागेको छोरोले घरमा भएकी आफ्नी श्रीमती र बाबुआमाको चिन्तालाई मनभरि पारेरे हिंडुपर्दाको क्षणलाई गीतमा प्रस्तुत गरिएको छ । फुल्यो बाबरी सुनिरहँदा परदेशमा भएका जुनकुनै छोराको न नरोला भन्न सकिन्न । बुहारीले आफ्नो जिम्मेवारी पूरा गर्छु भनिरहँदा पनि बाबुआमाको चिन्ता लिँदै भोलिपल्ट परदेश हिंडन लाग्दाको अघिल्लो रातमा भएका श्रीमान श्रीमतीबीचको कुराकानीलाई यो गीतले मार्मिकताका साथ पस्किएको छ । वास्तवमै भन्नुपर्दा पछिल्लो समय मौलिक लोक गीत हराइरहेको अवस्थामा यो गीतले एउटा सन्देशसहित मौलिकता लिएर आएको छ । यो गीत सनेपछि परदेशमा रहेका हरेक छोराहरुले आफ्नो घर सम्झनेछन् । फुल्यो बाबरीमा पूर्ण मौलिकता लोकलयलाई समावेश गरिएको छ ।

ranjita_1

सुवास केसीको शब्दलाई बसन्त थापाले सुमधुर रुपमा मौलिक लयमा ढालेका छन् । त्यस्तै कुमार पुनःको स्वरमा भएको मौलिकताले पनि गीतलाई साह्रै राम्रो बनाएको छ । त्यस्तै प्रिति आलेको स्वरमा पनि कुनै कमी छैन । समग्रमा पछिल्लो समय लोकगीतले कोल्टे फेर्नुपर्छ, मौलिकता खोज्नुपर्छ भन्नेतर्फ यो गीतले आकर्षित गर्नेछ । गीतमा सुवास केसी र रञ्जिता गुरुङ अभिनयले पनि गीतलाई मजबुत बनाएको छ । पछिल्लो गीत पनि हेर्ने जमाना भएको हुँदा भिडियोले हेर्दै सुन्दै गर्दा कहीँ न कहिँ मन छोएरै छोड्छ । बब्बु थापाले म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु