मेरो माया कहिले आउँछौं गाउँमा ?

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७३, बिहीबार

आजभोलि गाउँ छाडेर विदेश जानेको लर्को लामै छ । आफ्नी प्रेमिकालाई गाउँमा छाडेर विदेश जानेको मन कस्तो भएको होला वा पे्रमीविना एक्लिँदा गाउँको रमणीय बस्ती पनि उराठ भएको होला । त्यस्तै छाडेर गएको आफ्नो प्रेमिका गाउँमा नफर्केपछि मनका वेदनाहरुलाई पोख्ने माध्यम बनाइएको छ गीत । मिलन र विछोडको कठोर पीडालाई अब किरणबाबु पुनः टीका पुनले गीतमार्फत् पोख्दैछन् ।

ranjita gurung model of nepal
हिम सम्झौता डिजिटलबाट बजारमा आएको यस गीतमा किरणबाबु पुन र टीका पुनको स्वर रहेको छ । किरणबाबु पुनको लय तथा शब्दमा तयार पारिएको लोकदोहोरी गीत ‘मनको सन्देश’ बोलको गीतमा रञ्जिता गुरुङ र शितल केसीको अभिनय रहेको छ । एकिन्द्र सारा शंकरको निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोलाई हरिश महराले छायाँकन गरेका हुन् भने गिरिश रिजालले सम्पादन गरेका छन् । यस गीतले पछिल्लो समयमा सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनमा राम्रो स्थान बटुल्न सफल भएको हिम सम्झौता डिजिटलका प्रबन्ध निर्देशक नन्दाराम पयिारले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु