मेरो सबैभन्दा ठूलो शत्रु म आफैं हुँः रिजाल

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७३, बिहीबार

नारायणगोपालदेखि अहिलेसम्मका पुस्तालाई गीत लेख्दै आएका अग्रज गीतकार कालिप्रसाद रिजालले आफ्नो शत्रु अरु नभएर आफैं भएको खुलासा गरेका छन् । धेरै गीत लेखेँ तर आफैंलाई मन नपरेर कति च्यातेँ कति च्यातेँ, गीत लेखेपछि पहिला म आफैं अध्ययन गर्छु अनि आफैंलाई मन पर्दैन र च्यातिदिन्छु, रिजालले भने । गीतकारद्वय डा.विष्णु रजनी र नवराज पोख्रेल ‘सुमन’को गीतगजल संग्रह ‘मधुरता’ विमोचन कार्यक्रमका प्रमुख अतिथिको शुभकामना मन्तव्य दिँदै रिजालले भने – ‘गीत लेख्न धेरै गाह्रो भएको हुँदा म बढी कविता लेख्न मन पराउँछु, अरुले लेखेजस्तै सरल गीत लेखेर सस्तो लोकप्रियता कमाउनु हुँदैन, गीतले सबै वर्गको मनलाई जित्न सक्नुपर्छ ।’

madhurata_kaliprasad
गीतकारद्वय डा.विष्णु रजनी र नवराज पोख्रेल ‘सुमन’को रचना एवं सन्तोष श्रेष्ठको एकल संगीत रहेको आधुनिक गीतगजल संग्रह ‘मधुरता’ लाई अग्रज गीतकार एवं कवि कालिप्रसाद रिजालको हातबाट सार्वजनिक गरिएको थियो । वरिष्ठ साउण्ड इन्जिनियरिङ प्रदीपकुमार उपाध्याय, गायक, संगीतकार एवं संविधानविद् भिमार्जुन आचार्य लगायतको आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रकवि माधव प्रसाद घिमिरेको भिडियो मन्तव्य प्रस्तुत गरिएको थियो । त्यस्तै विदेशमा रहेका एल्बमका तीनवटा गीतका रचनाकार डा.विष्णु रजनीले पनि भिडियोबाटै आफ्नो मन्तव्य पठाएका थिए । रजनीले आफ्नो ३० औं वर्षसम्मको सपना बल्ल पूरा गर्ने अवसर मिलेको बताएका थिए । उनले सम्पूर्ण अतिथिहरुलाई आभार प्रकट गर्दै आफ्नी आमा सीतादेवी खनालप्रति समर्पित रहेका थिए ।

nabaraj pokhrel
त्यस्तै कार्यक्रमलाई स्वागत गर्दै गीतकार नवराज पोख्रेल ‘सुमन’ आफूले लेखेका गीतहरुलाई सार्वजनिक गर्न पाएकोमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए । मधुरतालाई सार्वजनिक गरिसकेपछि शुभकामना मन्तव्य दिँदै डा.भिमार्जुन आचार्यले संगीतकार सन्तोष श्रेष्ठको संगीतले सरलता पस्केकोमा गीतकारहरुको शब्दहरुले मधुरता पस्केको बताएका थिए । त्यस्तै साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्यायले भने – निरन्तर सन्तोष श्रेष्ठको संगीतको चार पाँच एल्बमको काम गर्दा संगीतकार श्रेष्ठ एउटा सबल र सफल संगीतकार रहेको मैले बुझेको छु ।

nisha deshar
त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले गीतसंगीत भनेको मन मस्तिष्कले मूल्यांकन गर्ने हुँदा सबैको प्रतिक्रिया र शुभकामनामा राम्रो संगीत भएको मूल्यांकन भइरहँदा धेरै खुशी लागेको बताएका थिए । उनले गीतकारहरुसँगको भेटको संयोग बताउँदै गीतसंगीतको क्षेत्रमा भएका अनुभवहरुलाई बताएका थिए । गीतकारहरुले विश्वास गरेकै कारण एकल संगीत गर्न पाएकोमा डा.विष्णु रजनी र नवराज पोख्रेल ‘सुमन’प्रति आभार प्रकट गर्दै संगीतकार श्रेष्ठले भने – ‘आफू संगीतको विद्यार्थी भएकै कारण पक्कै पनि अरुको मन जित्न सक्ने संगीत सिर्जना गर्दै जाने अवसर मिलोस् ।’

madhurata
मधुरता एल्बममा डा. विष्णु रजनीका तीन गीत मायालु तिम्रो रोजाईमा, कुहिरोको कागजस्तै, तिम्रो साथ पाउँदा रहेको छ । जसमा मनोजराज, युवराज चौलागाईं र भविन ढुंगानाको स्वर रहेको छ । त्यस्तै नवराज पोख्रेल ‘सुमन’ का तीन गीत परेलीलाई घुम्टो बनाई, बिर्सियौ, पिउँदै नपिउने मान्छे जस्ता गीत समावेश गरिएको छ भने उक्त गीतमा अन्जु पन्त, निशा देशार र शिव परियारको स्वर रहेको छ । मधुरता एल्बममा सुदीप सागरको सोलो एरेन्जमेन्ट रहेको छ । एल्बमलाई गोल्डेन क्रियशनले बजार प्रबद्र्धन गरेको छ ।

sudip sagar

suman bairagi

mandira dhungel

santosh shrestha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु