मैनालाई बैना मार्ने कोही छ ?

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७१, बुधबार

मलेसिया, ११ कार्तिक । गायिका मैना रेश्मी मगर मलेसियामा आएर कार्यक्रममा मलाई बैना मार्ने कोही छ ? भनेपछि दर्शकहरुबीचबाट म छु भन्ने धेरै भए । उनले अझ गीतबाटै भनिन् – “साथीइभाइ सबैको विहे भयो, मेरो मात्रै के भयो के भयो ? भन्छन् सबले मैना, फूल जस्तो फक्रेको जवानी कसलाई दिउँ म बैना” । उनको मनको यो भावलाई सुनेपछि दर्शकदीर्घामा तालिको फोहोरा छुट्यो । बैना मार्ने आँट धेरैले गरे उनीसँगै गएर धेरैले नाचेर उनको गायनलाई साथ दिए । उनले सालैजो लगायत ३ वटा गीत गाइन् र सबैलाई नचाइन् । उनको गीतमा जतिले नाचे, रमाइलो गरे तर मैनाको बैना मार्ने भने त्यहाँ कोही भेटिएन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु