मैले बारुले कम्मर मर्काउँदा….

म्यूजिक खबर
प्रकाशित: ७ भाद्र २०७३, मंगलवार

काठमाडौं । तिमी घरि घरि आउँछौ मैले बारुले कम्मर मर्काउँदा…. त्यसपछि के के होला कुन्नी । निराहार व्रत बसेँ म त तिम्रै लागि भन्दै गायिका सरिता प्रजापतिलाई तिजको उमंग छाएको छ । गाउँशहरमा उनलाई उमंग छाएको मात्र होइन उनले बारुले कम्मर मर्काउँदा हेर्ने शिवजीहरु पनि दंग परेका छन् रे ।

sarita prajapati

गायिका सरिता प्रजापति अब गीतकार संगीतकार पनि भएर आएकी छिन् । मैले बारुले कम्मर मर्काउँदा बोलको तिजको गीत लिएर उनी संगीतको त्रिवेणी बनेर आएकी हुन् । तिज नजिकिँदै गर्दा उनको बारुले कम्मर मर्काउँदाले पनि चर्चा पाउन थालेको छ । सुन्दर लामाको संगीत संयोजन रहेको यस गीतमा सरिता प्रजापतिले स्वर दिएकी छिन् । आफैंलेसमेत म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् सरिताले । उनको साथमा क्रिस्टिना थापाको पनि अभिनय रहेको छ । सन्तोष राजबाहकको निर्देशन रहेको यस गीतमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु