मोडलसँग रोमान्स गर्ने कि पत्रकारिता ?

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७२, सोमबार

काठमाडौं । पत्रकारको छवि बनाइसकेका विशाल राई पछिल्लोपटक मोडलहरुसँग रोमान्स गर्दैमा व्यस्त छन् । यतिबेला लाग्छ यी पत्रकार हुन् की होइनन् भनेर । पत्रकार भएर समाचार लेख्लान् भन्ने सोच्नुभएको छ भने होइन रहेछ भनेर बुझ्नुस् । यतिबेला राईलाई मोडलहरुसँग रोमान्स गर्दैमा फुर्सद छैन । गायिका तायाहाङ्मा राईको ‘कोई छ’ गीतको म्युजिक भिडियोमार्फत मोडलिङमा देखिएका विशालले हालै गायक भिषण राईको ‘धराने सोल्टिनी’ सँग देखिएका छन् ।

‘कोई छ’ गीतको भिडियो दर्शक÷श्रोताले निकै रुचाएका थिए । त्यसपछि मोडलिङमा हौसिएका विशालले भने, ‘रंग पत्रकारितासँगै अब मोडलिङलाई पनि अँगाल्ने छु ।’ उनले ‘धराने सोल्टिनी’ गीतको म्युजिक भिडियोमा सक्दो राम्रो काम गर्ने प्रयास गरेको बताए । यो भिडियो धरान आसपासमा छायांकन गरिएको छ । भिडियोमा विशालको साथमा मोडल रेखा फागो लिम्बुले मोडलिङ गरेकी छन् । भिडियोमा विशाल र रेखाको केमेस्ट्री निकै सुहाएको छ । उदय पुन मगरको निर्देशन रहेको यस म्युजिक भिडियोलाई पुराना सिनेम्याटोग्राफर युवराज राईले खिचेका हुन् ।

bishal rai dharane soltini lai song (12)
गायक भिषणको स्वरमा यस गीतमा ओमप्रकाश राईको संगीत छ भने तारा राईको शब्द रहेको छ । सबु राई र जाइका राईको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोमा सोम मुग्रातीको मेकअप रहेको छ । गायक भिषणका अनुसार म्युजिक भिडियो नेपाली नयाँ वर्षको अवसरमा रिलिज गरिने छ ।

bishal rai dharane soltini lai song (5) bishal rai dharane soltini lai song (2)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु