मोदीको रबैया विरुद्ध आमिरले स–परिवार देश छाड्ने

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७२, बिहीबार

मुम्बई । भारतले नेपालमा लगाएको नाकाबन्दीका बाबजुद अहिले मुलुक अस्तव्यस्त छ । २७ वर्ष पुरानो इतिहास फेरि दोहोरिंदै छ । अग्रगमन तर्फ जानु त कता हो कता मुलुक प्रतिदिन प्रतिगमनको बाटोमा हिंडीरहेको छ । ०४५ सालमा छापान्युजमा आएका समाचार र समाचारका शिर्षकहरुमा समानता आइरहेको छ । नेपाल अनि नेपालीले अहिले भोग्नुपरेको सास्तीका बिरुद्ध हरेक नेपालीले राष्ट्रियता देखाइरहेका छन् भने उता भारतमा प्रधानमन्त्री नरेन्द्रदास मोदीको रबैया बिरुद्ध अधिकांश कलाकारहरुले पनि आपत्ती जनाउन थालेका छन् । पछिल्लो समयमा बलिउडका चर्चित अभिनेता आमिर खानले भारतमा असहिष्णुता बढ्दै गइरहेको भनेर चिन्ता गरेका छन् । आमिरलाई उनका परिवारले पछिल्लो अवस्था देश छाड्न दिएको सुझाव सार्वजनिक गरेका छन् । उनले मोदी सरकारविरुद्ध बोल्दै एक अवार्ड समारोहमा आफ्नो बच्चा देखेर आफैंलाई पहिलोपटक डर लागेको बताए । उनले भने ‘देशको माहोल देखेर एकपल्ट पत्नि किरणले मसँग साह्रै डर लाग्दो कुरा गरिन् । किरणले मसँग देशै छोड्ने कुरा गरिन् । किरण बच्चालाई कसरी जोगाउने भनेर डराइरहेकी थिइन् ।’

aamir_kiran_son

 

उत्तर प्रदेशको दादरी भन्ने ठाउँमा केही समयअघि गाईको मासु खाएको शंकामा एक जनाको हत्या भएको घटना र यसअघि कन्नड लेखक कलबुर्गीको पनि हत्याकाण्डले भारतमा असहिष्णुता भड्किएको थियो । यसरी बढ्दो असहिष्णुताको सिकार आफ्नो छोरो तथा परिवार पनि पर्ने भयले आमिरले परिवारसँग देश छाड्ने योजना बनाइरहेका छन् ।
मोदी सरकारको रवैया विरुद्ध कैयौं साहित्यकार र फिल्मकर्मीले असहिष्णुताको विरोधमा अवार्ड नै फिर्ता गरिसकेका छन् । नरेन्द्र मोदी सरकारविरुद्ध अवार्ड फिर्ता गर्ने कलाकारको कदममा समर्थन जनाएर बलिउड बादशाह शाहरुख खान पनि चर्चामा आइसकेका छन् ।हालसम्म यस विषयमा केही नबोलेका आमिर खानले पहिलोपटक भारतको असहिष्णूता र मोदी सरकारविरुद्ध बोलेका हुन् । उक्त विवाद सेलाउन नपाउँदै असहिष्णूताको मुद्दामा आमिरले पनि मुख खोलेका हुन् ।

amir_khan_crying

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु