म तिम्रो होइन भने त बजारमा

म्यूजिक खबर
प्रकाशित: ३० कार्तिक २०७३, मंगलवार

गायक चुडामणी नेपालीको लोकदोहोरी गीत ‘म तिम्रो होइन भने त’ सार्वजनिक भएको छ । मायाप्रेमकै कथावस्तुमा रहेको यस गीतमा बबिता बानियाँ जेरीले शब्द लेखेकी छन् भने गायक विरही कार्कीले संगीत दिएका छन् । लोकप्रिय गायिका शर्मिला गुरुङ र चुडामणी नेपालको स्वर रहेको यस गीत भर्खरै सार्वजनिक भएको हो ।

ma-timro-haina
‘म तिम्रो होइन भने त, मुखले ठिक्क नपार मायाले मनमा माया छैन भने त’ बोलको गीत सुनखानी म्यूजिकबाट बजारमा आएको हो । यस गीतको म्यूजिक भिडियोसमेत निर्माण भइसकेको छ । शिव विकको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा नारायण ढकाल र आशा खड्काको अभिनय रहेको छ । शम्भु चालिसेको छायाँकन रहेको यस गीतलाई रविन विकले सम्पादन गरेका छन् ।

ma-timro

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु