‘म रंग हुँ…’ म भन्दै यूरोप टुरमा दीपक

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७२, शनिबार

काठमाडौं । नेपाली तारा दीपक लिम्बूको नयाँ होली गीत ‘म रंग हुँ…’ले यूरोपमा चर्चा बटुल्न थालेको छ । महिना दिनअघि यूरोप टुरमा निस्केका गायकलिम्बूले अझै डेढ महिना यूरोपमै पस्तुती दिनेछन् । उनले पुराना गीतका साथमा नयाँ एल्बम ‘रंग होलीको’मा समावेस गरिएको ‘म रंग हुँ…’ बोलको गीत पनि गाउन छुटाएका छैनन् । त्यसपछि त ‘दीपक लिम्बू साँझ’मा उपस्थित दर्शकको मुखमा यो गीत नझुण्डिनेकुरै भएन । यसै साता होली परेको हुँदा पनि यस गीतको चर्चा चुलिन थालेको हो ।

dipak limbu-1
यूट्युवमा समेत यो गीत सुन्ने र हेर्नेको संख्या दिनानुदिन बढ्न थालेको छ । महिना दिनसम्ममा यूरोपको दश ठाउँमा गायक लिम्बूले आफ्नो प्रस्तुती पस्किसकेका छन् । गायक लिम्बूका अनुसार अझै दर्जन स्थानमा पर्फमेन्स गर्न बाँकी छ । गायक लिम्बू भन्छन्, ‘यूरोपमा बस्ने नेपालीको माया र ममताले अहिलेसम्म गरेको कार्यक्रम सवै सफल नै भएका छन् ।’
नेप्लिज आर्ट एन्ड कल्चर सेन्टरका डम्बर सिंघक, गणेश इजम र सकुन्तला नेङमाङले दीपक एकल साँझको आयोजना गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु