यसरी भयो अनामिकाको विहे

म्यूजिक खबर
प्रकाशित: २९ कार्तिक २०७३, सोमबार

अभिनेत्री अनामिका चौलागाईंको विहे भएको अवस्था छ । केही चलचित्रमा अभिनय गरेकी चौलागाईंले म्यूजिक भिडियोमा पनि आफूलाई सक्रिय गराउँदै आएकी थिइन् । तर चलचित्र होस् या गीतसंगीत क्षेत्र होस् कसैलाई थाहै नपाई उनको विहे हुँदा सोचनीय बनेको छ । उनले मण्डिखाटारस्थित फ्रेस फार्म नजिकैको मन्दिरमा यसरी विहे गरेकी हुन् ।

ma-ta-nafapeko-manchhe_-anamika_shantipriya-6
वास्तविकतामा उनको विहे भने हुन बाँकी नै छ । म्यूजिक भिडियोमा अभिनय गर्ने क्रममा माधव पौड्यालसँग उनले विहेको नाटक गरेकी हुन् । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको लेखनमा रहेको म त माया नफापेको मान्छे बोलको गीतको म्यूजिक भिडियो निर्माण गर्दाको दृश्य थियो । भिडियोमा अनामिका चौलागाई, माधव पौड्याल, निशा थापा, सुमन खतिवडाको अभिनय रहेको छ भने नेपालकी पहिलो महिला छायाँकार सवनम मुखियाको निर्देशन रहेको छ । म्यूजिक भिडियोमा सवनमको यो डेब्यू निर्देशन हो ।

ma-ta-nafapeko-manchhe_-anamika_shantipriya-7
गायिका अन्जना गुरुङको स्वरमा रहेको उक्त गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । सुदीप सागरको संगीत संयोजन रहेको उक्त गीतलाई भोला पौड्यालले मिक्सिङ गरेका हुन् । मायाप्रेमको कथाभित्र अविश्वासको भावनालाई गीतभित्र प्रस्तुत गरिएको छ ।
भिडियोको कोरियोग्राफ भने राजीव बलामीले गरेका छन् भने सहनिर्देशनमा शान्त बहादुर तामाङ रहेको छन् । बाबुराम नेपालीको छायाँकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन अरुण शर्माले गर्नेछन् । विष्णु ठकुरी, विशाल प्रजापति, भरत नेपालको प्रकाश रहेको भिडियोमा विना पाण्डे र कृति बरालको श्रृंगार रहेको थियो । भिडियो मण्डिखाटारस्थित फ्रेस फार्म रिसोर्टको वरिपरि खिचिएको हो ।

shantipriya sabnam rajiv-balami ma-ta-nafapeko-manchhe_-anamika_shantipriya-3

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु