यी महिलाले दिंदैछिन् जलजलालाई मृगौला, शुक्रबार हुँदैछ प्रत्यारोपण

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७४, बुधबार

चैत्र १४, काठमाडौं । दुइवटै मृगौला फेल भएर उपचाररत सुमधुर स्वरकी धनि गायिका जलजला परियारको मृगौला प्रत्यारोपण हुने भएको छ । लामो समयसम्म काठमाडौंको शिक्षण अस्पतालमा उपचारार्थ रहेकी जलजलालाई थप उपचारका लागि भारतको दिल्ली स्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ साथै मृगौला प्रत्यारोपणको तयारी पनि भइरहेको पारिवारी स्रोतबाट जानकारी आएको छ ।

गायिका जलजला परियारलाई उनकै आमा जुना परियारको मृगौला प्रत्यारोपण गरिने छ । प्रत्यारोपणका लागि आमा जुना र छोरी जलजलाको सम्पूर्ण चेक जाँच गराइएको र रिपोर्ट सकारात्मक आएसँगै मृगौला प्रत्यारोपण गरिने पक्का भएको हो ।

जलजलालाई बचाउन गीत, संगीतसँग आवद्ध थुप्रै कलाकार एवं शुभेच्छुकहरुले आर्थिक संकलन गरिरहेका छन् । 

उनले बाटो मुनिको फुल फ्लिम लगायत थुप्रै गीतहरुमा आफ्नो सुमधुर आवाज दिसकेकी छिन । उनको गीतले लाखौ करोडौ दर्सकहरुको मन जितेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु